भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्



काठमाडौँ
भोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्रिय योजना आयोगले गरिरहेको विपद्पछिको आवश्यकता आकलन (पीडीएन) अन्तर्गत प्रभावित क्षेत्रको घरपरिवार सर्वेक्षणले यस्तो देखाएको हो । बाढीबाट सर्वस्व गुमे पनि उनीहरूले पुनः सोही स्थानमा बस्न चाहना रहेको बताएका हुन् ।

बाढीबाट घरमा क्षति पुगेको ३ हजार ६७ परिवारलाई भविष्यमा स्थायी बसोबासबारे सोधिएको थियो । जसमा ७ सय ९७ (२५.९९ प्रतिशत) परिवारले बाढीअघिकै स्थानमा बस्ने चाहना व्यक्त गरेको प्रतिवेदनले देखाएको छ ।

५ सय ६५ (१८.४२ प्रतिशत) परिवारले जिल्लाभित्र आफ्नै स्वामित्वको अर्को जग्गामा बस्ने चाहना व्यक्त गरेका छन् भने १ सय ५९ (५.१८ प्रतिशत) परिवारले देशभित्रको आफ्नै स्वामित्वमा रहेको जग्गा बस्ने विकल्प रोजेका छन् । सरकारले जग्गा उपलब्ध गराए उक्त स्थानमा बस्न चाहने परिवारको संख्या ९ सय ३९ (३०.६२ प्रतिशत) छ ।
सरकारले सामूहिक आवासको व्यवस्था गरे सो स्थानमा बस्न चाहने ५ सय ९० (१९.२४ प्रतिशत) परिवार रहेको विवरण प्राप्त भएको छ । भविष्यको स्थायी बसोबासबारे उत्तर प्राप्त नभएका घरपरिवारको संख्या १७ रहेको देखिएको छ । आफ्नै स्वामित्वमा घर भएको जग्गामा १३ अर्ब २६ करोड बराबरको क्षति र भवन निर्माण लागत ११ अर्ब ९५ करोड देखिन्छ ।

प्राप्त प्रारम्भिक विवरण विश्लेषण गर्दा ३ हजार ६ सय १० परिवारको ५ सय ७.९७ हेक्टर जमिनमा क्षति पुगेको र जग्गाजमिनमा करिब ३५ अर्ब ४४ करोड बराबरको क्षति भएको देखिन्छ । लगाइरहेको बालीमा करिब २३ करोड २१ लाख (२ हजार ९ सय ५१ घरपरिवार), भण्डारण गरिएको खाद्यान्नमा करिब १० करोड ४१ लाख (१,८७६ घरपरिवार) र पशुपन्छी तथा माछापालनमा करिब २१ करोड ४२ लाख (१,०११ घरपरिवार) बराबरको क्षति पुगेको देखिन्छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...