मदन भण्डारी गोल्डकप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबलाई


२५ पुस,बुटवल। बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

तीन विभागीय र एक भारतीयसहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३-२ सेटमा हराउँदै रनिङ शिल्ड कब्जा गरेको हो ।

बुटवल रामनगर खेलमैदानमा बिहीबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो सेट पुलिसले २५-१८,दोस्रो सेट आर्मीले २५-१८,तेस्रो सेट पुलिसले २५-२० र चौथो सेट नेपाल आर्मीले २५-२२ले जितेको थियो।

निर्णायक पाँचौं सेटमा पुलिस माथि हाबी हुँदै आर्मीले १५-७ को फराकिलो अंक अन्तरले सहज जीत निकाल्दै उपाधि चुम्न सफल भयो।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...