नदीको बालुवा गिट्टी जम्मा पारी बिक्री गरि दिनको ५ सय आम्दानी गर्ने श्रमजीवीको व्यथा


श्रीराम ज्ञवाली ,बुटवल

नदीमा पानी नहुने समयमा बालुवा, गिट्टी जम्मा गरि अलग गरेर बिक्री गरी प्रति व्यक्तिले ५ सय दिनमा आम्दानी गरी जीविको पार्जन चलाइरहेका रूपन्देही वडा नम्बर ११ रङ्गशालाको तिनाउ नदी किनार सुकुम्बासी बस्तीमा बसोबास गर्छन् विष्णु पुनको परिवार। ५२ वर्षीय महिला पुनले नदीमा पानी नभएको समयमा नदीको बालुवा ,गिट्टी जम्मा गरेर ,चालेर अलग गरी प्रतिबोरा ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्।

पुनले आफ्ना श्रीमान दीपक पुन र आफूले दिनको १२ घण्टा मेहनत गरी २५ बोरा जम्मा गर्न सकिने बताउँ छिन्न्। पूर्वी रुकुम आफ्ना पुर्खाहरू रहेको र विगत १५ वर्षदेखि बुटबलमा सुकुम्बासी बस्तीमा जग्गा किनेर टिनको टहरोमा बसोबास गर्दा रहेछन् उनीहरू । बर्षातकाे समयमा बाख्रापालन ,अन्य मजदुरी गरेर जीविका निर्वाह गर्दै आएका छन् पुनका परिवार ।

बाध्यताले सन्तानलाई राम्रो शिक्षा दिन नसकेले देशमा राम्रो काम नपाएको र विदेशमा पनि भनेजस्तो काम पाउन नसकेको सन्तानको पीडा सुनाउँछन् पुनका परिवार। यता नदीमा ४-५ महिना बालुवा, गिट्टि जम्मा गरी बेच्ने तर बषातको समयमा सोही तिनाउ नदीले आफ्नो घरवास बगाउन सक्ने चिन्ता जीवनभर उनीहरूलाई छ।

अर्कोतर्फ सरकारले तिनाउ- दानव करिडोर बनाउने योजना सुनाएका कारण आफ्नो बसोबास नै उठ्ने हो कि भन्ने चिन्ता उनीहरुको छ ।यस्तो चिन्ता गर्नुपर्नेहरूको संख्या धेरै छ। नत आफ्नो घरवासको सुनिश्चित न आफ्नो आम्दानी ,रोजगारीको ठेगान नत आफ्ना सन्तानलाई कमाउने बाटो देखाउन सकियो भन्ने पीडा पोख्छन् पुनको परिवार।

सरकार र सरोकारवाला हरूले नियमसंगत तरिकाबाट उत्खनन व्यवस्था नगर्दा नदीको सतह नहेरी नदीभन्दा अलि टाढा बसोबास हुनेले बस्तीलाई नै जोखिम हुने गरी उत्खनन गरेकोमा बर्षातमा बस्ती नै बगाउने हो कि भन्ने चिन्ता उनीहरूको छ।

पून परिवार प्रतिनिधि पात्र मात्र हुन्। यी र यस्तै विपन्न ,श्रमजीवी ,मजदुर ,सुकुम्बासी ,भूमिहीनहरूको लागि सरकार र सरकारवालाहरूले समाधान दिनु आवश्यक छ। सरकार र सरकारवालाहरुले यी र यस्तै नागरिकहरूको गास ,बास ,कपासको सुनिश्चिततासँगै शिक्षा र स्वास्थ्य उपलब्ध गराउनु दायित्व हुन आउँछ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...