नदीको बालुवा गिट्टी जम्मा पारी बिक्री गरि दिनको ५ सय आम्दानी गर्ने श्रमजीवीको व्यथा


श्रीराम ज्ञवाली ,बुटवल

नदीमा पानी नहुने समयमा बालुवा, गिट्टी जम्मा गरि अलग गरेर बिक्री गरी प्रति व्यक्तिले ५ सय दिनमा आम्दानी गरी जीविको पार्जन चलाइरहेका रूपन्देही वडा नम्बर ११ रङ्गशालाको तिनाउ नदी किनार सुकुम्बासी बस्तीमा बसोबास गर्छन् विष्णु पुनको परिवार। ५२ वर्षीय महिला पुनले नदीमा पानी नभएको समयमा नदीको बालुवा ,गिट्टी जम्मा गरेर ,चालेर अलग गरी प्रतिबोरा ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्।

पुनले आफ्ना श्रीमान दीपक पुन र आफूले दिनको १२ घण्टा मेहनत गरी २५ बोरा जम्मा गर्न सकिने बताउँ छिन्न्। पूर्वी रुकुम आफ्ना पुर्खाहरू रहेको र विगत १५ वर्षदेखि बुटबलमा सुकुम्बासी बस्तीमा जग्गा किनेर टिनको टहरोमा बसोबास गर्दा रहेछन् उनीहरू । बर्षातकाे समयमा बाख्रापालन ,अन्य मजदुरी गरेर जीविका निर्वाह गर्दै आएका छन् पुनका परिवार ।

बाध्यताले सन्तानलाई राम्रो शिक्षा दिन नसकेले देशमा राम्रो काम नपाएको र विदेशमा पनि भनेजस्तो काम पाउन नसकेको सन्तानको पीडा सुनाउँछन् पुनका परिवार। यता नदीमा ४-५ महिना बालुवा, गिट्टि जम्मा गरी बेच्ने तर बषातको समयमा सोही तिनाउ नदीले आफ्नो घरवास बगाउन सक्ने चिन्ता जीवनभर उनीहरूलाई छ।

अर्कोतर्फ सरकारले तिनाउ- दानव करिडोर बनाउने योजना सुनाएका कारण आफ्नो बसोबास नै उठ्ने हो कि भन्ने चिन्ता उनीहरुको छ ।यस्तो चिन्ता गर्नुपर्नेहरूको संख्या धेरै छ। नत आफ्नो घरवासको सुनिश्चित न आफ्नो आम्दानी ,रोजगारीको ठेगान नत आफ्ना सन्तानलाई कमाउने बाटो देखाउन सकियो भन्ने पीडा पोख्छन् पुनको परिवार।

सरकार र सरोकारवाला हरूले नियमसंगत तरिकाबाट उत्खनन व्यवस्था नगर्दा नदीको सतह नहेरी नदीभन्दा अलि टाढा बसोबास हुनेले बस्तीलाई नै जोखिम हुने गरी उत्खनन गरेकोमा बर्षातमा बस्ती नै बगाउने हो कि भन्ने चिन्ता उनीहरूको छ।

पून परिवार प्रतिनिधि पात्र मात्र हुन्। यी र यस्तै विपन्न ,श्रमजीवी ,मजदुर ,सुकुम्बासी ,भूमिहीनहरूको लागि सरकार र सरकारवालाहरूले समाधान दिनु आवश्यक छ। सरकार र सरकारवालाहरुले यी र यस्तै नागरिकहरूको गास ,बास ,कपासको सुनिश्चिततासँगै शिक्षा र स्वास्थ्य उपलब्ध गराउनु दायित्व हुन आउँछ।

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...