एनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सलाई
काठमाडौँलुम्बिनी लायन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि दिनेश अधिकारीले ४२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १६, डिआर्ची शर्टले १४ र निरोशान डिकवेलाले ११ रन बनाएका थिए ।
त्यसैगरी सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट तथा दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्बाधिक ३३ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले १३, हरमित सिंह र स्कट कुगेलाइनले १०-१० ...







