बुटवलका सफल व्यवसायी, समाजसेवी थैवको अगुवाईमा बाढी प्रभावितका लागि २ लाख ४४ हजार सहयोग



बुटवल
रसुवा भोटेकोशी बाढी प्रभावितको राहात तथा उद्धारका लागि बुटवलका सफल व्यवसायी एवं समाजसेवी अनन्तमान थैवको पहलमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा २ लाख ४४ हजार ८ सय ५० रुपियाँ सहयोग गरेका छन्।


थैवले व्यक्तिगत १ लाख १ हजार र उनको अगुवाई रहेको व्यायाम गर्ने सामाजिक संस्था सुनौलो बिहानी फुर्तिलो समुहका सदस्यहरुले १ लाख ४३हजार ८सय ५० गरी जम्मा २ लाख ४४ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्।


थैव बुटवलका पुराना व्यवसायी एवं रुपन्देही विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष हुन्। उनले स्वास्थ्यका लागि व्यायाम भन्ने उद्देश्यले रुपन्देहीमा सुनौलो बिहानी फुर्तिलो समुह नामको व्यायाम समुह समेत स्थापना गरी दैनिक हजारौंलाई व्यायाम गर्ने बाताबरण मिलाएका छन्।


प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा सहयोग गर्दै उनले “अहिले नेपाल र हामी नेपालीमा ठुलो पिडा परेको छ,धैरै जनधनको क्षति भएको छ, धेरै विदेशी नागरिकले समेत ज्यान गुमाउनुपरेको छ, यसमा राहात र उद्दारमा थोरै भएएपनी सहयोग होस् भनेर म र मैले नेतृत्व गरेको संस्था सुनौलो बिहानी फुर्तिलो समुहका सदस्यहरूले सहयोग गरेका छौं “उनले भने।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...