मदिरा व्यवसायी संघ रुपन्देहीको पदस्थापन सम्पन्न , सवै भन्दा बढि राजस्व दिने व्यवसायीलाई राज्यले महत्व दिन आव्हान


रूपन्देही
मदिरा व्यवसायी संघ रुपन्देहीको १७औं साधारण सभा तथा नवौं अधिवेशनमा सर्वसम्मत निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्पन्न भएको छ।
बाबुराम ज्ञवालीको अध्यक्षतामा निर्वाचित १५ सदस्यीय कार्यसमितिको पदस्थापन शनिबार बुटवलमा सम्पन्न भएको हो।

कार्यक्रममा वोल्दै मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शम्भु भट्टराईले निवर्तमान कार्यसमितीलाई वधाई साथै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै संस्थाको नेतृत्वमा सधैं एउटै व्यक्तिहरू रहि नरहने र रहंदा वा नरहंदा सधैं व्यवसाय र व्यवसायीको हकहितका लागि उत्तरदायित्व निर्वाह गर्नु पर्ने वताएका छन् ।रुपन्देही सक्रियताका कारण प्रदेशमै उत्कृष्ट रहेको वताएका छन्। उनले व्यवसायीका आवाज जिल्ला संघले, जिल्लाका प्रदेश महासंघले र प्रदेशका केन्द्रले सम्वोधन गरिरहेको र थप व्यवसाय र संघ सक्रिय हुंदा समग्र व्यवसायीहरूको हकहित हुने धारणा राखे।
सल्लाहकार दिनेश श्रेष्ठले रूपन्देहीले निर्विरोध नेतृत्व चयन गर्न सफल हुनु प्रशंसायोग्य रहेको धारणा राखे।
श्रेष्ठले जिल्ला संघको मातहतमा रहेको जग्गामा सचिवालय वनाउन सवै व्यवसायी सक्रिय रुपमा लाग्न आव्हान गरे । व्यवसायीले व्यवसायमा लागेर आर्थिक र सामाजिक हैसियत उठाउने अवसरको रुपमा लिई अगाडि वढ्न र एक आपसमा मनमुटाव लिन नहुने सुल्झाए।
उनले व्यवसायमा मर्यादित भयर लागेमा अवस्य सफल हुने धारणा राखे।
उनले मदिरा व्यवसाय राज्यलाई सवै भन्दा वढि राजश्व दिने व्यवसाय भएकोले राज्यले समेत प्राथमिकतामा राख्न आवश्यक रहेको वताए।
सल्लाहकार खिम बहादुर खत्रीले व्यवसाय प्रवर्द्धनका लागि व्यवसायसंगै सामाजिक काममा सक्रिय हुंदा पहिचानको हिसाबले व्यवसायमा समेत फाइदा हुने धारणा राखे।
उनले व्यवसायमा रहेको विकृति हटाउन केन्द्र, प्रदेश, जिल्लासंगै सम्पुर्ण व्यवसायी लाग्नु पर्ने बताए।
खत्रीले व्यवसायीहरुमा एकता, योगदानका आधारमा मुल्यांकन जस्ता विषय महत्वपूर्ण हुने धारणा राखे।
निवर्तमान अध्यक्ष हिमालय भुसालले कार्यभार हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा भएगरेका कामको निरन्तरता , अपुरा योजनाको पुर्णता र व्यवसायी र संघलाई थप उचाईमा पुर्याउनेमा विश्वस्त रहेको धारणा राखे।
कानुनी सल्लाहकार अधिवक्ता अर्जुन कार्कीले वधाई तथा शुभकामना दिंदै संघसंस्था र व्यवसायीको हकहितका लागि कानुनी सल्लाह र लेखा सुपरिवेक्षण महत्वपूर्ण हुनाले र कानुनी सल्लाहकार र अडिटर राख्दा सहज हुने धारणा राखे।
सल्लाहकारहरु अशोक श्रेष्ठ, किशोर पन्थी , पुर्व अध्यक्ष कृष्ण गौतम लगायतले वोल्दै निवर्तमान कार्यसमितिलाई वधाई तथा निर्वाचित कार्यसमितिलाई श्रृजनशिल कार्यकालको शुभकामना दिएका थिए।
नवनिर्वाचित अध्यक्ष बाबुराम ज्ञवालीले पदभार ग्रहण गर्दै आफुले कुरामा नभई कामबाट समग्र व्यवसायीको हकहित उचो वनाउने गरी लाग्ने वताए।
ज्ञवालीले सम्पुर्ण व्यवसायी, संघ र महासंघको सम्वन्यमा जिल्लासंघ लाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त संगै निर्वाचनमा सहभागी सम्पुर्णमा आभार तथा धन्यवाद ज्ञापन गरेका थिए।
प्रथम उपाध्यक्ष बाबुराम खनाल, द्वितीय उपाध्यक्ष धन बहादुर थापा, महासचिव जिवन पाण्डे, सचिव विमल पाण्डे, कोषाध्यक्ष गिरीराज भुषाल तथा सदस्यहरुमा बिष्णु प्रसाद खरेल,रेमलाल पाण्डे, सुवास चन्द्र कर्माचार्य,सुमन न्यौपाने, खिमानन्द भण्डारी, ठाकुर प्रसाद शर्मा,दोर्ण घर्ती, झविन्द्र क्षेत्री र श्याम श्रेष्ठले पदभार ग्रहण गरेका छन्।
पहिलो चरणको कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव बाबुलाल खनाल र दोस्रो चरणको कार्यक्रमको सञ्चालन निर्वाचित महासचिव जिवन पाण्डेले गरेको कार्यालय सचिब कमल केसि जानकारी दिए।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...