एमाले महाधिवेशनको व्यवस्थापन अन्तिम चरणमा, १० हजार स्वयंसेवक परिचालन गरिँदै


भक्तपुर
नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
महाधिवेशनको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्च निर्माण र व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र आज साँझसम्म सम्पूर्ण काम सकिने जानकारी दिए ।
जनपरिचालनका सञ्चालक डा. राजन भट्टराईले महाधिवेशनका लागि नयाँ कलात्मक शैलीको मञ्च निर्माण गरिएको बताए । झन्डै ३ लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने दावी गर्दै उनले कार्यक्रममा सहभागी हुन आउने नेता तथा कार्यकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । नेता भट्टराईका अनुसार दुई सय बढी नेपाली संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुनेछ । यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति २४ वटा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा रहनेगरी व्यवस्था गरिएको जानकारी दिए ।

जनसभालाई व्यवस्थित बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने बताउदै ढकालले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

छुटाउनुभयो कि ?

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

बुटवल साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।नेपाल वायुसेवा निगमले साउदी अरेबिय...
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

बुटवल आज अधिकांश सरकारी वेबसाइट बन्द छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो ।सफ...
मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

बुटवलनेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अ...
साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...