एमाले महाधिवेशनको व्यवस्थापन अन्तिम चरणमा, १० हजार स्वयंसेवक परिचालन गरिँदै


भक्तपुर
नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
महाधिवेशनको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्च निर्माण र व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र आज साँझसम्म सम्पूर्ण काम सकिने जानकारी दिए ।
जनपरिचालनका सञ्चालक डा. राजन भट्टराईले महाधिवेशनका लागि नयाँ कलात्मक शैलीको मञ्च निर्माण गरिएको बताए । झन्डै ३ लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने दावी गर्दै उनले कार्यक्रममा सहभागी हुन आउने नेता तथा कार्यकर्ताको सहजताका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । नेता भट्टराईका अनुसार दुई सय बढी नेपाली संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुनेछ । यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति २४ वटा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा रहनेगरी व्यवस्था गरिएको जानकारी दिए ।

जनसभालाई व्यवस्थित बनाउन १० हजार स्वयंसेवक परिचालन गरिने बताउदै ढकालले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...