एनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सलाई


काठमाडौँ
लुम्बिनी लायन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि दिनेश अधिकारीले ४२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १६, डिआर्ची शर्टले १४ र निरोशान डिकवेलाले ११ रन बनाएका थिए ।

त्यसैगरी सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट तथा दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्बाधिक ३३ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले १३, हरमित सिंह र स्कट कुगेलाइनले १०-१० रन बनाएका थिए ।

त्यसैगरी लुम्बिनीका बलर कप्तान रोहित पौडेल, रुबेन ट्रम्पेलम्यान र शेर मल्लले ३-३ विकेट लिएका थिए भने तिलक भण्डारीले विकेट लिएका थिए । यस खेलमा कप्तान पौडेलले ह्याट्रिक लिएका थए ।

गत सिजनमा पुछारमा रहेको लुम्बिनीले एनपीएलको पहिलो उपाधि जितेको छ । उपाधि जितेसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख नगद पाएको छ । त्यसैगरी तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो स्थान हासिल गरेको काठमाडौँ गोर्खाजले १५ लाख नगद प्राप्त गरेको छ ।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...