एनपीएलको फाइनलमा आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै


काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुदैछ । एनपीएलको दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । फाइनल खेल आज दिउसो साढे ३ बजेदेखि टियु क्रिकेट मैदान किर्तिपुरमा हुदैछ ।

सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम समुह चरणको एक मात्र हार अन्तिम खेलमा विराटनगरसँग बेहोरेको थियो । त्यस्तै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गर्दै पहिलो पटक फाइनलमा पुगेको हो ।
लुम्बिनीबाट यस सिजनमा कप्तान रोहित पौडेल, डिआर्ची शर्ट, शेर मल्ल, तिलक भण्डारी, रुबेन ट्रम्पेलम्यान, दिलिपनाथ, सन्दीप जोरलगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । लुम्बिनीले लिग चरणमा एक खेल जितेपछि तीन खेल लगातार हार बेहोरेपछि यस सिजनमा पनि गत सिजनकै जस्तो अस्वथा हुने विश्लेषण भइरहेको थियो । त्यसपछि लुम्बिनीले फाइनलमा पुग्दासम्म लगातार ५ खेल जितेर प्रतियोगितामा उत्कृष्ट पुनरागमनको उदाहरण दिएको छ ।

अर्कोतर्फ दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र स्कट कुगेइलिन, हर्मीत सिंह, शेल्डन फिलिप्स ज्याक्सन र पाकिस्तान खेलाडी मुखतार अहमद जस्ता खेलाडी रहेका छन् । लिग चरणका ७ मध्ये ६ खेल जितेको सुदूरपश्चिमको लगातार एकनासको प्रदर्शन रहेको एक मात्र टिम भन्न सकिन्छ । पहिलो खेल देखिनै उत्कष्ट खेल खेल्दै आएको सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रो सिजन फाइनल खेल्ने टिम पनि हो । गत सिजनको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिमलाई यस सिजनको प्रबल दाबेदारको रुपमा पनि हेरिएको छ ।

यस फाइनलमा एकातिर उत्कृष्ट पुनरागमन गरेर जित हासिल गरेको लुम्बिनी र शुरुदेखि नै उत्कृष्ट खेल खेलेर फाइनलसम्म पुगेको सुदूरपश्चिमको प्रतिष्पर्धा निकै रोचक हुने देखिन्छ ।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...