रोगसँगको लडाइँदेखि प्रदेश नेतृत्वसम्मः एमाले महाधिवेशनमा आचार्यको उचाइ


दशरथ घिमिरे
काठमाण्डौं
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन सुरुहुदैछ । यो महाधिवेशनले संगठनको दिशा निर्धारण मात्र होइन, अबको नेतृत्व चयनमार्फत पार्टीलाई थप सुदृढ बनाउने अपेक्षा राखिएको छ । यिनै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य केन्द्रिय सदस्यका लागि बलियो दाबेदारका रूपमा अगाडि उभिनुभएको छ । अहिले पनि केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालिरहनुभएका आचार्यको संगठनात्मक क्षमता, आन्तरिक अनुशासनप्रति कटिबद्धता र प्रदेश शासनमा देखिएको नेतृत्व शैलीले पार्टीभित्र उहाँप्रति भरोसा थपिएको छ ।

प्रदेश शासनमा देखिएको परिणामले आचार्यप्रतिको विश्वास बढायो

लुम्बिनी प्रदेशको नेतृत्व सम्हाल्दा सरकार आर्थिक संकटको रुपमै उभिएको थियो । अघिल्ला वर्षका भुक्तानी तिर्न नसकेको अवस्था, नीति–योजना अव्यवस्थित, जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण र सुशासनप्रतिको अविश्वास बढिरहेको थियो । आचार्यले यी चुनौतीबाट प्रदेशलाई निकाल्दै समग्र कार्यव्यवस्था लयमा फर्काउनुभो ।
भुक्तानी टुंग्याउँदै, नीति–योजना स्पष्ट पार्दै, सुशासनलाई अगाडि राख्दै र पूर्व विशिष्ट पदाधिकारीका सेवा–सुविधा कटौती जस्ता कडा निर्णयमार्फत उहाँले ‘कामले देखिने नेतृत्व’ को पहिचान बनाउनुभएको छ । जेनजी आन्दोलन अघि नै सुशासनमा जोड दिने निर्णय, पाँच लाख माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने जोखिमपूर्ण तर प्रभावकारी कदम र खर्चमा अनुशासन कायम गर्ने शैली पार्टीभित्र समेत चर्चाको विषय बनेको छ ।

गौरव परियोजना र दीर्घकालीन संरचनामा देखिएको स्पष्ट नेतृत्व

प्रदेशका गौरवका आयोजना आचार्यको प्राथमिकता बने । १२ तले, एक हजार दुई शैयाको लुम्बिनी प्रादेशिक अस्पताल तीव्र गतिमा निर्माण हुँदैछ । पाँच वर्षभित्र देशकै नमुना अस्पताल बनाउने लक्ष्यसँग अघि बढेको यो परियोजनाले प्रदेश सरकारको क्षमता देखाएको छ ।
राजधानी क्षेत्र विकास, प्रशासनिक भवन निर्माणको अन्तिम चरण, प्राविधिक विश्व विद्यालयमा विद्यार्थी आकर्षण, रामपुर–कपुरकोट सडकमा भएको तीव्र प्रगति, १५ लोकमार्ग र ५८२ प्रादेशिक सडक समेटिएको गुरुयोजना, सयौं किलोमिटर सडक निर्माण तथा पुल–पुलेसा विस्तारले प्रदेशको भौतिक विकासलाई नयाँ स्तरमा पु¥याएको छ ।
साथै, १३६ नयाँ खानेपानी आयोजना, कृषि यान्त्रीकरण, सिंचाइ विस्तार, एसईई नतिजामा उल्लेखनीय सुधार ल्याउने ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान, मातृ–बाल स्वास्थ्यका विशेष कार्यक्रम, क्यान्सर र मृगौला रोगको उपचारमा विशेष सुविधा जस्ता कदमले सामाजिक क्षेत्रमा आचार्यको काम देखिने रूपमै अघि बढेको छ ।

कठिन रोगलाई जितेर फर्किएको दृढ नेतृत्व

२०७२ मा क्यान्सरले थला पारेका आचार्यले जीवन–मरणको अवस्थाबाट उठेर फेरि राजनीतिक मैदानमा फर्किएको कथा पार्टीभित्र प्रेरक प्रसङ्गजस्तै बनिसकेको छ । भक्तपुर क्यान्सर अस्पतालदेखि भारतको मेदान्तसम्मको उपचार यात्रा, रजहरमा गरिएको प्राकृतिक चिकित्साले उहाँलाई पुनः दह्रो बनायो । रोगलाई जितेर संगठन र जनता बीच फेरि उभिएको यही आत्मविश्वासले आज उहाँको नेतृत्वप्रति अझ ठूलो विश्वास पैदा गरेको देखिन्छ ।

पाको अनुभव र पार्टीमा निरन्तरको योगदान

अनेरास्ववियूबाट २०३९ मा सुरु भएको आचार्यको राजनीतिक यात्रा २०४७ मा जिल्ला कमिटी सदस्य, २०५४ मा जिल्ला सचिव, २०६९ देखि २०७८ सम्म अध्यक्ष र त्यसपछि केन्द्रिय सदस्य हुँदै अघि बढेको हो । दुई पटक प्रदेशसभा सदस्य बन्नुभएका उहाँले आन्तरिक मामिला, सहरी विकास, खानेपानी, आर्थिक मामिला तथा योजना मन्त्री हुँदै अहिले मुख्यमन्त्रीको रूपमा प्रदेश नेतृत्व गरिरहनुभएको छ ।

महाधिवेशनमा चर्चाः संगठन बलियो पार्ने नेतृत्वको रूपमा आचार्य

पार्टीभित्र अनुशासन, संगठन विस्तार, कार्यशैलीको स्पष्टता र व्यक्तिगत जीवनशैलीको सरलता आचार्यको बलियो पक्ष मानिन्छ । महाधिवेशनले संगठन बलियो बनाउने, भावी नेतृत्व टुंग्याउने र आगामी राजनीतिक यात्रा तय गर्नेछ । यस सन्दर्भमा प्रदेश नेतृत्वमा गरेको परिणाममूलक काम, कठोर निर्णय लिन सक्ने क्षमताले आचार्यलाई केन्द्रिय तहमा अझ महत्वपूर्ण भूमिकाका लागि अगाडि बढाएको छ । एमालेको ११औं महाधिवेशनले कस्तो नेतृत्व जन्माउँछ भन्ने आगामी दिनले बताउनेछ । तर, लुम्बिनी प्रदेशमा गरिएको काम र देखिएको दृढता हेर्दा चेतनारायण आचार्यको नाम अहिले पार्टीभित्र मजबुत रूपमा गुञ्जिएको छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...