घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने


काठमाण्डाै – नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री/वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ ।

निगम र ग्यास बिक्रेता महासङ्घको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो ।

अब काठमाण्डौ उपत्यकामा बिक्री/वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाण्डौ ल्याउने व्यवस्था मिलाइएको छ ।

बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ । व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफैँ ग्यास व्यवस्थापन गर्नुपर्नेछ ।

बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ ।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...