औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता


रुपन्देही
रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डप स्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उद्योगको प्रवद्र्धनका साथै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने भएको छ ।

यस क्षेत्रका पर्यटन व्यवसायी सँगको सहकार्यमा प्रदर्शनी अवधिभर आउने स्वेदशी तथा विदेशी पर्यटकहरुलाई प्याकेजमा नै समेट्ने गरी योजना बनेको संघका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक कृष्ण प्रसाद पराजुलीले जानकारी दिए ।
यो विषयमा यस क्षेत्रका पर्यटन व्यवसायीहरुसँग सहकार्य थालिएको उनको भनाई छ । हामीले यहाँका होटल तथा पर्यटन व्यवसायी संघको नेतृत्वसँग छलफल गरेर उनीहरुलाई नै प्याकेजका योजना मागेका छौं, कम्तीमा बुटवल बाहिरबाट प्रदर्शनीका लागि आउने पाहुनालाई कसरी यहाँ राख्न सकिन्छ र कसरी यस क्षेत्र वरिपरी भएका पर्यटकीय क्षेत्रमा पुराउन सकिन्छ भन्ने विषय महत्वपूर्ण बनाएका छौं’ उनले भने- ‘यहाँ रहेका लुम्बिनी र सिद्धार्थ केबलकारसँग पनि हामी संस्थागत सहकार्य गरेर अघि जाने निर्णय गरेका छौं यहाँ रहेका सबै होटलहरु, बसहरुमा प्रदर्शनीको पर्चा पोष्टर टाँसिएको छ ।
मणिमुकुन्द सेन उद्यानका अध्यक्ष तथा पर्यटन व्यवसायी माधव नेपालले रुपन्देही उद्योग संघले यसअघि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेकाले अब पर्यटनको क्षेत्रमा पनि महत्वपूर्ण योजनामा हात हाल्न सुझाव दिएको र अहिलेको प्रदर्शनी मार्फत नै त्यो अभियान थाल्न सुझाएर आफूले पूर्ण रुपमा सहकार्य गर्ने प्रतिवद्धता गरेको जानकारी दिए ।

सधै पर्यटन क्षेत्र भाषणमा मात्रै भयो अब सबैको सहकार्यमा देखिने काम गरौं यसको समन्वय वा सुरुवात उद्योग संघले गरोस् हामीले पूर्ण साथ दिन प्रतिवद्धता जनाएका छौं जसरी मुटु अस्पताललाई अगाडि सारियो त्यसैगरी अघि बढ्नुपर्दछ भन्ने हो उनले भने ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले प्रदर्शनीलाई पर्यटन प्रवद्र्धनमा केन्द्रीत गर्ने उद्योग संघको निर्णप्रति सम्मान गर्दै आफूहरुले त्यसमा हातेमालो गरेर जाने र यस क्षेत्रमा भएका सबै होटलहरुमा त्यसको प्रचार सुरु भएको र अब यो समयमा हुने प्याकेजका विषयमा पनि एउटा समझदारी गरेर नयाँ सन्देश दिइने जनाए । यो समयमा औद्योगिक प्रदर्शनीसँगै कृषि, प्रविधि तथा पर्यटन महोत्सवलाई संघले आफ्नो मुख्य प्राथमिकतामा राखेको छ ।

पर्यटन उपसमिति संयोजक टंकनारायण आचार्यले यो क्षेत्रका विज्ञ, व्यवसायीको चाहना अनुरुप संघले कार्यक्रम अघि बढाउने र प्रभावकारी बनाउने जानकारी दिए ।
प्रदर्शनीका सम्पन्न गर्नका लागि संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरेर तयारी अन्तिम चरणमा पुराइएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले बताए । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक स्तरकै स्टल हुने र यसको सजावट देखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने र स्वदेशी उत्पादनलाई मात्रै यहाँ स्थान दिइने गरी संघले दर्ता हुने स्टलहरुलाई कडा नियम बनाएको छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...