वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्यको धरपकड भएको भन्दै पत्रकार संगठनहरूको आपत्ति
काठमाडौँजनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकड, निगरानी र धम्की दिने कार्य भएको भन्दै विभिन्न पत्रकार संगठनहरूले कडा आपत्ति जनाएका छन् ।नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठविरुद्ध भइरहेको योजनाबद्ध घेराबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संगठनहरूले सत्ताधारी दल र मन्त्रीहरूबारे आलोचनात्मक समाचार लेखेकै कारण पत्रकार श्रेष्ठलाई तारो बनाइएको आरोप लगाएका हुन् ।नेपाल पत्रकार महासंघले प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रालयमार्फत पत्रकार श्रेष्ठलाई निगरानी गर्ने, धरपकडको प्रयास गर्ने र समाचारको स्रोत खुलाउन दबाब दिने काम भइरहेको उल्लेख गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वार...








