विपत्ति र क्षति न्यूनीकरण



श्रीराम ज्ञवाली
मानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने र स्थानीय स्रोत-साधनले मात्र नियन्त्रण गर्न नसकिने आकस्मिक वा क्रमिक संकटपूर्ण अवस्था नै विपत्ति हो। विपत्ति आफैंमा एउटा ठूलो चुनौती हो, जसले विकासका कार्यहरूलाई वर्षौं पछाडि धकेलिदिन्छ। नेपाल जस्तो भौगोलिक रूपमा विविधता र जोखिमयुक्त देशका लागि विपत्ति व्यवस्थापन एक संवेदनशील र महत्त्वपूर्ण विषय हो।
विपत्तिलाई मुख्यतया दुई भागमा वर्गीकरण गर्न सकिन्छ।
प्राकृतिक विपत्ति र मानव–सिर्जित विपत्ति
प्रकृतिको चक्र, भौगोलिक बनावट र मौसमी परिवर्तनका कारण सिर्जना हुने विपत्तिहरू यस अन्तर्गत पर्दछन्। यिनलाई पूर्ण रूपमा रोक्न असम्भव प्रायः हुन्छ । भूकम्प पृथ्वीको भित्री प्लेटहरू हलचल हुँदा आउने कम्पन ।बाढी र पहिरो अत्यधिक वर्षाका कारण नदीनाला थुनिनु र भिरालो जमिन बगेर जानु ,लामो समयसम्म पानी नपर्दा कृषि र खानेपानीमा संकट खडेरी आउनु, हिमपहिरो र हिमताल विस्फोट हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण हिमताल फुट्नु। आँधीबेहरी र चट्याङ वायुमण्डलीय असन्तुलनका कारण हुने आकस्मिक दुर्घटना।

मानव–सिर्जित विपत्ति मानिसको लापरवाही, गलत क्रियाकलाप, प्राविधिक त्रुटि र प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण सिर्जना हुने विपत्तिहरू यस अन्तर्गत पर्दछन्।

औद्योगिक दुर्घटना र ग्यास चुहावट :कारखानाहरूबाट विषाक्त ग्यास वा रसायन फैलिनु। आगलागी र डढेलो: वनजंगल वा मानव बस्तीमा लाग्ने आगो। महामारी : कोरोना, हैजा जस्ता संक्रामक रोगहरू तीव्र गतिमा फैलिनु। सडक तथा हवाई दुर्घटना: यातायातका साधनहरूको असन्तुलन वा प्राविधिक गल्तीले हुने ठूला दुर्घटना, युद्ध र आणविक संकट: मानव द्वेषका कारण हुने विनाश।
विपत्तिका बहुआयामिक असरहरू विपत्तिले समाजका हरेक क्षेत्रमा गहिरो र दीर्घकालीन प्रभाव छाड्छ: मानवीय क्षति: ठूलो संख्यामा मानिसहरूको मृत्यु हुनु, घाइते हुनु र अपाङ्गता हुनु।आर्थिक क्षति: घरपालुवा जनावर, बालीनाली, कलकारखाना र व्यक्तिगत सम्पत्तिको विनाश भई गरिबी बढ्नु।पूर्वाधारको विनाश: सडक, पुल, विद्यालय, अस्पताल र विद्युत गृहहरू भत्किएर सेवा अवरुद्ध हुनु।वातावरणीय सन्तुलनमा खलल: जैविक विविधताको नाश हुनु, पानीका मुहानहरू सुक्नु र भू-स्वरूप बिग्रिनु।
मनोवैज्ञानिक असर: आफन्त गुमाउँदा र सम्पत्ति नष्ट हुँदा पीडितहरूमा मानसिक तनाव र ‘पोस्ट-ट्रमाटिक स्ट्रेस’ देखिनु।
विपत्ति व्यवस्थापन र समाधानका उपायहरू :विपत्तिलाई पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक पद्धति, पूर्वतयारी र सामूहिक प्रयासद्वारा यसको जोखिमलाई न्यून गर्न सकिन्छ।

विपत्ति समाधानका उपायहरूलाई चक्रिय रूपमा तीन चरणमा विभाजन गरिन्छ।
विपत्ति पूर्वको चरण: यो चरण विपत्ति आउनु अगाडि गरिने तयारी हो, जुन सबैभन्दा बढी प्रभावकारी र कम खर्चिलो हुन्छ।जोखिम नक्साङ्कन : कुन क्षेत्र बाढी, पहिरो वा भूकम्पको उच्च जोखिममा छ, त्यसको पहिचान गरी जोखिमयुक्त ठाउँमा बस्ती बसाल्न रोक लगाउने।सुरक्षित र प्रतिरोधी निर्माण: भवन निर्माण आचारसंहिता को पूर्ण पालना गरी भूकम्पप्रतिरोधी संरचनाहरू मात्र बनाउने।
पूर्व-सूचना प्रणाली : मौसम पूर्वानुमान प्रविधिलाई आधुनिक बनाई बाढी वा आँधी आउनु अगावै नागरिकको मोबाइल वा साइरनमार्फत सूचना पुर्‍याउने।सामुदायिक चेतना र तालिम: विद्यालय र स्थानीय स्तरमा ‘मकट ड्रिल’ (कृत्रिम अभ्यास) गराउने, प्राथमिक उपचार र विपत्तिबाट बच्ने उपायहरू सिकाउने। इन्जिनियरिङ उपायहरू: नदी किनारमा तटबन्ध बाँध्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने र जैविक इन्जिनियरिङको प्रयोग गर्ने।
विपत्ति कार्यन्वयन चरण:विपत्ति आइलागेको तत्कालै जीवन जोगाउन गरिने प्रयासहरू यस अन्तर्गत पर्दछन्।
द्रुत खोजी र उद्धार : तालिमप्राप्त सुरक्षाकर्मी (सेना, प्रहरी) र स्थानीय स्वयम्सेवकहरूलाई तत्काल अत्याधुनिक उपकरणसहित परिचालन गर्ने।आकस्मिक स्वास्थ्य उपचार: घाइतेहरूको उपचारका लागि घटनास्थलमै ‘फिल्ड अस्पताल’ स्थापना गर्ने र एम्बुलेन्स सेवा प्रभावकारी बनाउने।तत्काल राहत वितरण: प्रभावितहरूलाई तत्काल बस्नका लागि पाल/टेन्ट, खानेपानी, तयारी खाना र कपडाहरूको व्यवस्था गर्ने।सञ्चार र समन्वय: सरकारी निकाय, रेडक्रस, गैरसरकारी संस्था र स्थानीय समुदायबीच बलियो नेटवर्क बनाई राहतमा हुने दोहोरोपन रोक्ने।
विपत्ति पश्चात्को चरण : यो चरण जनजीवनलाई पुरानै वा सोभन्दा राम्रो अवस्थामा फर्काउने दीर्घकालीन प्रक्रिया हो।सुरक्षित पुनर्स्थापना: घरबारविहीन भएका परिवारहरूलाई अस्थायी शिविरबाट सुरक्षित र स्थायी आवासमा स्थानान्तरण गर्ने। बिल्ड ब्याक बेटर : भत्किएका सडक, पुल र विद्यालयहरूलाई पहिलेभन्दा बलियो र विपत्ति थेग्न सक्ने गरी पुनः निर्माण गर्ने।आर्थिक पुनरुत्थान: पीडित परिवारलाई जीविकोपार्जनका लागि रोजगारी, सहुलियतपूर्ण ऋण, कृषि बीउबिजन र सीपमूलक तालिम प्रदान गर्ने।मनोवैज्ञानिक परामर्श: मानसिक आघातमा परेका बालबालिका र वृद्धवृद्धाहरूलाई विशेषज्ञहरूद्वारा काउन्सिलिङ सेवा दिने।

विपत्ति प्राकृतिक वा मानवीय कारणले हुने अकाट्य सत्य हो, तर यसबाट हुने क्षति मानिसको अज्ञानता र लापरवाहीको परिणाम हो। “विपत्ति बाजा बजाएर आउँदैन” तसर्थ, राज्यले विपत्ति व्यवस्थापनका लागि छुट्टै बलियो नीति र ‘आकस्मिक संकटकालीन कोष’ को व्यवस्था गर्नुपर्छ। हरेक नागरिकले वातावरणको संरक्षण गर्दै पूर्वतयारीलाई आफ्नो जीवनशैलीको हिस्सा बनाएमा मात्र विपत्तिको सामना सहज रूपमा गर्न सकिन्छ र एउटा सुरक्षित समाजको निर्माण सम्भव हुन्छ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...