उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला


बुटवल
रुपन्देही उद्योग संघको सहजिकरणमा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालाको उद्घघाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले आर्थिक बिकासका लागि घरेलु तथा साना उद्योगको प्रवद्र्धन र संरक्षण आवश्यक भएको कुरामा जोड दिदै देखासिकी गरेर कुनै पनि व्यवसाय नगर्न आग्रह गरे । अध्यक्ष पराजुलीले परम्परागन ढाँचामा उद्योग व्यवसाय सञ्चालन गर्दा हामीले प्रतिफल पाउन नसकेको बताउदै आधुनिक प्रविधि र सञ्जालको उपयोग गर्न सबैले ध्यान दिनु पर्ने धारणा राखेका थिए।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीका वरिष्ठ शाखा अधिकृत मोहन परियारले दिदै आएको सेवा र हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए भने नेपाल बैंक लिमिटेड, मणीग्राम शाखा प्रवन्धक सुरेन्द्र सिंह आलेले बैंकिङ क्षेत्रबाट उद्योग व्यवसाय सञ्चालनका लागि गरिने ऋण लगानी प्रक्रियाका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा उद्योग तथा व्यवसाय सञ्चालन पूर्व बनाउनु पर्ने कार्ययोजना र त्यस अनुसारको गतिविधि हुृन नसक्दा लगानीको प्रतिफल पाउन नसकेको कुरामा ध्यान दिन आग्रह गरिएको थियो । सो अवसरमा राज्यले उद्योगी व्यवसायीहरुलाई दिने विभिन्न छुट र सेवाका विषयमा जानकारी गराउदै त्यसको उपयोग गर्न अनुरोध गरिएको थियो ।
कार्यशालामा उद्योग तथा व्यवसाय सञ्चालन गर्दा अवलम्बन गर्नु पर्ने कानुनी प्रक्रिया तथा राज्यले दिएका अनुदान एवं सेवाहरुको सहजीकरणका लागि गरिएका व्यवस्थाका बारेमा छलफल गरिएको र कार्यक्रममा रुपन्देहीका विभिन्न क्षेत्रमा उद्योग व्ययवसाय सञ्चालन गर्दै आएका महिला उद्योगी व्यवसायीहरु सहित ३ दर्जनको सहभागीता रहेको रुपन्देही उद्योग संघका कार्यकारी प्रमुख यादव प्रसाद भण्डारीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...