बुटवलमा पर्यटन वहस: समृद्धिको प्रमुख आधार रहेको निश्कर्ष



बुटवल
नेपालसंगै रुपन्देहीको विकास र समृद्धिको प्रमुख आधार पर्यटन भएको र यसलाई प्रवर्द्धन गर्न आवस्यक रहेको र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने सरोकारवालाले वताएका छन्।

मंगलबार मणिमुकुन्द सेन उद्यान संरक्षण समिति र नेपाल पत्रकार महासंघ रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न १दिने पर्यटन सम्वन्धि पत्रकारको क्षमता विकास कार्यक्रममा वोल्दै संरक्षण समितिका अध्यक्ष माधव नेपालले रुपन्देही नेपालकै पर्यटनमा अव्वल रहेकोले यसको प्रवर्द्धनमा महत्व दिन आवस्यक रहेको धारणा राखेका छन्।
नेपालले रुपन्देहीको लुम्बिनी, बुटवलको मणिमुकुन्द सेन उद्यान, जितगढी किल्ला, पाल्पाको नुवाकोट गढी, बसन्तपुर, सिद्धबाबा धाम, तिलोत्तमाको वनबाटीकालगायत धैरै महत्वपूर्ण सम्पदा र स्थानहरु रहेकोले यसको महत्व उल्लेखनीय रहेको वताएका हुन्।
उनले भौतिक पूर्वाधार, सडक सञ्जाल, होटल, पार्क ,बुटवल पाल्पा जोड्ने दुई केवलकार, हावापानीमा विविधता जस्ता महत्त्वपूर्ण पर्यटनका आधार रहेको र पर्यटकलाई जानकारी दिने र आएका पर्यटकलाई वसाई लम्बाउने गरि वातावरण श्रृजना गर्न आवस्यक रहेको उल्लेख गरेका छन्।


कार्यक्रममा वोल्दै वरिष्ठ पत्रकार डिआर घिमिरेले अहिलेको व्यस्त जीवन शैलीका कारण समय समयमा मानिसहरु आफ्नो घर,शहर, जिल्ला, प्रदेश र देश -विदेशमा अवलोकन,ज्ञान, रिफ्रेसमेण्ट , मनोरञ्जन, व्यायामजस्ता कामले वाहिर निक्लने र सम्पदा,पार्क, मठमन्दिर, प्राकृतिक सम्पदा,हावापानीमा समय व्यतीत गर्ने चाहना राख्ने भन्दै यि सम्पदाहरूको विकास,संरक्षण र प्रवर्द्धन गर्न आवस्यक रहेको वताएका छन्।

उनले पार्कहरु पर्यटन मात्र नभएर हरेक दिनका लागि महत्त्वपूर्ण रहेकोले यसको प्रवर्द्धन गर्न आवश्यक रहेको समेत धारणा राखेका थिए।

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरेले पर्यटनको महत्व र विवरण वारेमा वोल्दै वि.स.२००७ सालबाट नेपालमा पर्यटनको शुरुवात भएको २०२९मा गुरुयोजना स्थापित भएको वताएका छन्।
देशको आम्दानीको ७ प्रतिशत राजस्व पर्यटनबाट आम्दानी भईरहेको र यसलाई १५प्रतिशत वनाउने लक्ष्य रहेको तथ्यांक सार्वजनिक गर्दै नेपालको सवैभन्दा वढि पर्यटकीय क्षेत्र रुपन्देही रहेको धारणा राखेका थिए।
हाल नेपालको रोजगारको १५ प्रतिशत रोजगार पर्यटनले निर्माण गरेको वताए। विश्व पर्यटन तथ्याङ्क सार्वजनिक गर्दै उनले वर्षमा १अरव ३० करोड पर्यटक पर्यटकीय क्षेत्र अवलोकन गर्ने उल्लेख गरे।
वोल्दै उनले तथ्याङ्क अनुसार १पर्यटकबाट १दिनमा ६ हजार ७ सय आम्दानी रहने उल्लेख गर्दै नेपालको पर्यटनको एकिकृत जानकारी एकै ठाउँमा राख्न सकिएमा अझ बढी प्रभावकारी रहने सुझाव समेत दिएका छन्।


नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा वोल्दै महासंघका उपाध्यक्ष विश्वास ढकाल, सचिव सिपी खनाल, सहसचिव झविन्द्र देवकोटा लगायतले वोल्दै नेपालकै सबैभन्दा बढी पर्यटनको संभावना बोकेको रुपन्देही र यसलाई प्रवर्द्धन गर्न सरोकारवाला लाग्नुपर्ने धारणा राखेका थिए।


सहभागी पत्रकारहरु हरीश ढकाल, सुदिप भण्डारी ,स्वस्तिक श्रेष्ठ, विकास पराजुली, रुद्रहरि कूंवर, प्रतिमा गौतम, सरीना मरासिनी लगायतले पर्यटन प्रवर्द्धनका विषयमा जिज्ञासा र सुझाव राखेका थिए।

छुटाउनुभयो कि ?

बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

बुटवल ब्युटी तथा हेयर स्टाइलिङ क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि र सीपबारे व्यवसायी तथा प्राविधिकलाई अद्यावधिक गराउने उद...
बुटवलमा पर्यटन वहस: समृद्धिको प्रमुख आधार रहेको निश्कर्ष

बुटवलमा पर्यटन वहस: समृद्धिको प्रमुख आधार रहेको निश्कर्ष

बुटवलनेपालसंगै रुपन्देहीको विकास र समृद्धिको प्रमुख आधार पर्यटन भएको र यसलाई प्रवर्द्धन गर्न आवस्यक रहेको र सञ्चार क्षेत्रको ...
प्रधानमन्त्रीले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

प्रधानमन्त्रीले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आज यहाँ स्थित युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँ...
कम वर्षा, मल अभाव र इन्धन महँगीले कृषि क्षेत्र संकटमा पर्न सक्ने संकेत

कम वर्षा, मल अभाव र इन्धन महँगीले कृषि क्षेत्र संकटमा पर्न सक्ने संकेत

बुटवल दक्षिण एसियाका मौसमविद्हरूले पछिल्ला तीन वर्षसम्म औसतभन्दा धेरै वर्षा भएको नेपालमा यस वर्ष औसतभन्दा कम वर्षा हुनसक्ने अ...