साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै


काठमाडौँ
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि गोवास्थित फतोरदा रंगशालामा शुरु हुदैछ । त्यस्तै आजै दोस्रो खेल भारत र माल्दिभ्सबीच साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

साफ महिला च्याम्पियनसिप प्रतियोगिता आज देखि जेठ २३ गतेसम्म भारतको सञ्चालन हुदैछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।

साफ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् । मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् ।

छुटाउनुभयो कि ?

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...
सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा

सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा

काठमाण्डाै – सुकुम्वासीकाे समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सङ्घ सरकारका ६ जना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन...
मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

बुटवल'इन्टिमेट पार्टनर' भायलेन्स भन्नाले नजिकको सम्बन्धभित्र– जस्तै श्रीमान्, प्रेमी वा विश्वास गरिएको व्यक्तिबाट हुने हिंसाल...
सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

बुटवलहोल्डिङ सेन्टरमा भूमिहीनहरू भाेकभाेकै छन् । उनीहरूले राम्रो संग खाना पाएका छैनन् । पिउने पानी समेत उपलव्ध छैन ।जसकाे मार...