वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्यको धरपकड भएको भन्दै पत्रकार संगठनहरूको आपत्ति


काठमाडौँ
जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकड, निगरानी र धम्की दिने कार्य भएको भन्दै विभिन्न पत्रकार संगठनहरूले कडा आपत्ति जनाएका छन् ।
नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठविरुद्ध भइरहेको योजनाबद्ध घेराबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संगठनहरूले सत्ताधारी दल र मन्त्रीहरूबारे आलोचनात्मक समाचार लेखेकै कारण पत्रकार श्रेष्ठलाई तारो बनाइएको आरोप लगाएका हुन् ।
नेपाल पत्रकार महासंघले प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रालयमार्फत पत्रकार श्रेष्ठलाई निगरानी गर्ने, धरपकडको प्रयास गर्ने र समाचारको स्रोत खुलाउन दबाब दिने काम भइरहेको उल्लेख गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने यस्तो व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार हो ।’
त्यसैगरी, प्रेस चौतारी नेपालले राज्य शक्तिको आडमा भइरहेको यस्तो प्रतिशोधपूर्ण कदमको घोर निन्दा गरेको छ । महासचिव हिरामान लामाले विज्ञप्तिमार्फत पत्रकार श्रेष्ठले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिनको माग गरिरहँदा उल्टै धम्की र निगरानी बढाउनु सरकारको नियतमाथि नै प्रश्नचिह्न खडा भएको टिप्पणी गरेका छन् ।
त्यस्तै प्रेस सेन्टर नेपालले पत्रकार श्रेष्ठविरुद्ध भइरहेका शंकास्पद गतिविधिबारे ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरले आफ्नो विज्ञप्तिमा पत्रकार श्रेष्ठलाई विदेशी नम्बरबाट धम्कीपूर्ण फोन आउने, कार्यालय परिसरमा मदिराका बोतल र नगद रकम छाडिदिने तथा आर्थिक प्रलोभनमा पार्ने जस्ता गतिविधि भइरहेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत श्रेष्ठविरुद्ध भइरहेको दुष्प्रचार र धम्कीप्रति समाजवादी प्रेस संगठनले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले एक विज्ञप्ति जारी गरी लामो समयदेखि खोजमूलक पत्रकारिता गर्दै आउनुभएका पत्रकार श्रेष्ठविरुद्धको योजनाबद्ध षड्यन्त्र हो भन्नेमा कुनै द्विविधा नभएको र घटनाक्रम हेर्दा छिमेकी मुलुकसँगको सम्बन्धमा समेत नकारात्मक असर पार्ने देखिने जनाएको छ ।
अझ किशोर श्रेष्ठलाई पक्राउ गरिने र त्यसका लागि प्रहरी परिचालन गरिसकिएको भनेर तर्साउने प्रयास समेत गरिएको भन्दै समाजवादी प्रेस संगठनले पत्रकारलाई डर, धम्की, त्रास देखाउने काम तत्काल बन्द गर्न भनेको छ ।
पत्रकारिताका यी प्रमुख संगठनहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मूल्य भएको भन्दै पत्रकारलाई दिइने मानसिक यातना, धाकधम्की र अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न जोडदार माग गरेका छन् ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...