शिक्षा

चाडपर्वको मुखमा अनलाइन ठगीको बिगबिगी

चाडपर्वको मुखमा अनलाइन ठगीको बिगबिगी

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँबडादशैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् ।सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष शतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिलाई दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइलमार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई मुख्य हतियार बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानकाअनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरीहरू दिनानुदिन थपिँदै गएका छन् ।प्रहरीकाअनुसार...
आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुहरु लाइनमा

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुहरु लाइनमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
काठमाडौंदशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।केही जिल्लाका यात्रु भने विहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन् । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरुका यात्रुहरु विहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए ।दशैंको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ । ...
प्रधानमन्त्रीको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्न तयार भए वायुसेवा कम्पनी

प्रधानमन्त्रीको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्न तयार भए वायुसेवा कम्पनी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको गुनासो बढेपछि सरकारले यसमा चासो देखाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को सक्रियतामा नागरिकको गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूसँग छलफल गरेको छ। क्यानमा आयोजित उक्त छलफलमा क्यानका पदाधिकारी र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच चाडपर्वका बेला स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र गराउने सहमति भएको छ। साथै, सोही भाडादरबारेको स्पष्ट सूचना सम्बन्धित वायुसेवा कम्पनीका सबै बिक्री वितरण प्लेटफर्महरूमा प्रकाशन गर्ने निर्णयसमेत भएको छ। यसअघि विसं २०७२ मङ्सिर २७ गते तत्कालीनमन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भा...
पक्राउ परेका सबैलाई हतकडी नलगाउनू : सर्वोच्च अदालत

पक्राउ परेका सबैलाई हतकडी नलगाउनू : सर्वोच्च अदालत

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई यान्त्रिक रूपमा हतकडी नलगाउन प्रहरीलाई आदेश दिएको छ । पक्राउ परेको व्यक्ति भाग्न उम्कने, पक्राउको प्रतिरोध गर्ने वा आफू तथा अरूलाई क्षति पुर्‍याउन सक्ने जोखिमको वस्तुनिष्ठ मूल्यांकन गरेर हतकडी लगाउनुपर्ने अदालतको आदेश छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । अदालतले हतकडी लगाउनु अपरिहार्य हुने अवस्था नदेखिएका व्यक्तिलाई पक्राउ परेकै आधारमा हतकडी लगाउन नहुने भनेको छ । हतकडीको गैरकानुनी प्रयोग भएको दाबी गर्दै विवेक चौधरी, रोशन आउजी र विकास यादवले सर्वोच्चमा रिट निवेदन दिएका थिए । सो रिटको अन्तिम टुंगो नलागेसम्म मनमौजी रूपमा हत्कडी नलगाउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।के छ सर्वोच्चको आदेशमा ? कुनै पनि व्यक्ति पक्राउ परेपछि सम्बन्धित व्यक्ति भाग्ने उम्कने जोखिम, न...
वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ।‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने संकल्पसहित २० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ।प्यानलले संघलाई उद्योगी तथा व्यवसायीको साझा, प्रभावकारी र भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। पौडेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार बनेका छन्। त्यस्तै, एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री (भानु)...
चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ८, तुराङको कालिका गाउँमा स्वास्थ्य शिविरमा बुधबार सम्पन्न भएको छ। कालिकागाउॅंमा सन्चालित शिविर मा शान्तिपुर आखा उपचार केन्द्र द्वारा आखा दांत, नागरिक आरोग्य केन्द्र शान्तिपुर द्वारा आयुर्वेद सम्वन्धि परामर्श र सामी कार्यक्रमका सहजकर्ता मार्फत मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरिएको छ।शिविरबाट २८ जनाले आयुर्वेद सेवा, ५० जनाले आंखा उपचार सेवा र ८० जना नागरिकले स्वास्थ्य परामर्श सेवा लिएका छन् । आर्थिक वर्ष २०८३/८४ को कार्यक्रमअन्तर्गत गाउँपालिकाले चन्द्रकोट आधारभूत अस्पतालका मेडिकल अफिसरहरूको उपस्थितिमा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूभन्दा केही टाढा रहेका, अलि दुर्गम तथा विकट क्षेत्रका साथै आदिवासी जनजाति लगायत विपन्न नागरिकहरूको बसोबास रहेका बस्तीहरू छनोट गरी स्वास्थ्य सेवामा नागरिकहरूको सहज पहुँच पुर्‍याउने उद्देश्यले अभियानका रूपमा य...
दशैंमा नारायणघाट–काठमाडौं सडकमा ठूला सवारीलाई रोक

दशैंमा नारायणघाट–काठमाडौं सडकमा ठूला सवारीलाई रोक

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
काठमाडौंदशैंका बेला बढ्ने सवारी चापलाई व्यवस्थापन गर्न नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागले असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म ट्रक, ट्रेलरलगायत ठूला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। मंगलबार यातायात व्यवस्था विभागमा सम्बन्धित सरोकारवाला निकायको उपस्थितिमा बसेको बैठकले चाडपर्वका समयमा यात्रुवाहक सवारीको चाप बढ्ने भएकाले सडक आवागमनलाई सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरेको हो। विभागका अनुसार खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधन भने उक्त प्रतिबन्धबाट प्रभावित हुने छैनन्। यसैगरी, दशैंको यात्रालाई सहज बनाउन विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको रुट परमिट खुला गर्ने निर्णय गरेको छ। यस अवधिमा यात्रुको चापलाई ध्यानमा राख्दै सार्वजनिक सवारीले आफ्नो निय...
मौसम पूर्वानुमान: लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ । हाल देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै ठाँउ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाँउमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।आज दिउँसो देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थ...
यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलयस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए।राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रू...
सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
बुटवलनारायणी नदीमा कटानका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित ऐतिहासिक सुस्ता बस्ती यसपटक अझ गम्भीर जोखिममा परेको छ । अब सुस्तालाई जोगाउन आपत्कालीन उद्धार मात्र पर्याप्त नभएको र दीर्घकालीन रूपमा पक्की तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता झन् टड्कारो बनेको छ।यो ऐतिहासिक भूभाग सुस्तामा हाल करिब ३ सय ३० घरधुरीका ३ हजारभन्दा बढी बासिन्दा बसोबास गर्दै आएका छन्। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार हालसम्म गरिएका आपत्कालीन बाढी नियन्त्रणका कामहरूले अस्थायी राहत दिए पनि नदीको कटान रोक्न दीर्घकालीन योजना अनिवार्य बनेको छ ।यसका लागि करिब ४ किलोमिटर क्षेत्रमा नयाँ तटबन्ध निर्माण, मर्मतसम्भार तथा स्तरोन्नति गर्नुपर्ने प्राविधिक काम आवस्यक पर्ने आकलन छ । प्रारम्भिक अनुमानअनुसार करिब १ अर्ब बजेट आवश्यक पर्ने भएकाले सरकारले बहुवर्षीय स्रोत सुनिश्चितता गरी हाइ...