दशैंमा नारायणघाट–काठमाडौं सडकमा ठूला सवारीलाई रोक



काठमाडौं
दशैंका बेला बढ्ने सवारी चापलाई व्यवस्थापन गर्न नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागले असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म ट्रक, ट्रेलरलगायत ठूला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

मंगलबार यातायात व्यवस्था विभागमा सम्बन्धित सरोकारवाला निकायको उपस्थितिमा बसेको बैठकले चाडपर्वका समयमा यात्रुवाहक सवारीको चाप बढ्ने भएकाले सडक आवागमनलाई सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरेको हो।

विभागका अनुसार खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधन भने उक्त प्रतिबन्धबाट प्रभावित हुने छैनन्।

यसैगरी, दशैंको यात्रालाई सहज बनाउन विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको रुट परमिट खुला गर्ने निर्णय गरेको छ। यस अवधिमा यात्रुको चापलाई ध्यानमा राख्दै सार्वजनिक सवारीले आफ्नो नियमित रुटभन्दा बाहिरका विभिन्न गन्तव्यमा समेत सेवा सञ्चालन गर्न पाउनेछन्।

तर सडकको अवस्था, भौगोलिक कठिनाइ वा अन्य विशेष कारणले कुनै निश्चित प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको सडकमा भने रुट परमिट खुला भए पनि त्यस्ता सवारी सञ्चालन गर्न पाइने छैन।

दशैंका बेला यात्रुको आवागमन सहज बनाउनुका साथै सडक सुरक्षा र यातायात व्यवस्थापन प्रभावकारी बनाउन विभागले यातायात व्यवसायी, चालक तथा सम्बन्धित सबै पक्षलाई तोकिएका नियमको पालना गर्न आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

काठमाडौंनेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै पार्टीको आगामी नेतृत...
दशैंमा नारायणघाट–काठमाडौं सडकमा ठूला सवारीलाई रोक

दशैंमा नारायणघाट–काठमाडौं सडकमा ठूला सवारीलाई रोक

काठमाडौंदशैंका बेला बढ्ने सवारी चापलाई व्यवस्थापन गर्न नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारी साधन सञ्चालनमा अस्थायी रोक लगा...
मौसम पूर्वानुमान: लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी व...
यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

बुटवलयस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको ...