वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक



बुटवल
बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ।
‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने संकल्पसहित २० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ।
प्यानलले संघलाई उद्योगी तथा व्यवसायीको साझा, प्रभावकारी र भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

पौडेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार बनेका छन्।

त्यस्तै, एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री (भानु) उम्मेदवार छन्। उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारीले उम्मेदवारी दिएका छन्।

वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी उम्मेदवार छन्। महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन्।

२० बुँदे प्रतिबद्धतामा व्यवसाय सुरक्षा र आर्थिक समृद्धि
प्यानलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा व्यवसायीको सम्मान, व्यापारको सुरक्षा र बुटवलको आर्थिक समृद्धिलाई प्राथमिकतामा राखिएको छ।

व्यवसाय दर्ता, नवीकरण तथा प्रशासनिक प्रक्रियालाई सरल र पारदर्शी बनाउने, मुख्य बजार क्षेत्रमा पार्किङ र ट्राफिक व्यवस्थापन सुधार गर्ने तथा बन्द हुने वा विस्थापनको जोखिममा रहेका उद्योगको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ।

निर्माणाधीन सडक, ढल, खानेपानी र विद्युत् आयोजनालाई समयमै सम्पन्न गराउन सम्बन्धित निकायसँग पहल तथा दबाब दिने विषय पनि प्रतिबद्धतापत्रमा समेटिएको छ।

व्यवसायीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने, बुटवललाई लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्ने तथा पर्यटन र व्यापारबीचको अन्तरसम्बन्ध विस्तार गर्ने लक्ष्य प्यानलले अघि सारेको छ।

त्यस्तै, डिजिटल भुक्तानी र अनलाइन व्यापारलाई प्रवर्द्धन गर्ने, बैंक तथा वित्तीय संस्थासँग ब्याजदर र कर्जाका विषयमा नियमित संवाद गर्ने तथा भन्सार एवं आयात–निर्यात प्रक्रियालाई सहज बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

स्थानीय उत्पादनको बजार विस्तार, युवा तथा नयाँ उद्यमीलाई प्रोत्साहन, साना तथा मझौला व्यवसायको संरक्षण र महिला उद्यमीको पहुँच विस्तारलाई पनि प्यानलले प्राथमिकतामा राखेको छ।

संस्थागत पारदर्शिता कायम गर्ने, लगानी प्रवर्द्धन गर्ने तथा संघभित्र व्यवसायीका समस्या समाधानका लागि एकद्वार सहायता प्रणाली स्थापना गर्ने विषय पनि प्रतिबद्धतापत्रमा समेटिएको छ।

पौडेल नेतृत्वको टोलीले प्रतिबद्धतापत्रलाई केवल चुनावी घोषणामा सीमित नराखी बुटवलका उद्योगी–व्यवसायीको साझा एजेन्डाका रूपमा कार्यान्वयन गर्ने जनाएको छ। संवाद, सहकार्य, पारदर्शिता र परिणाममुखी कार्यशैलीका आधारमा संघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै टोलीले उद्योगी तथा व्यवसायीसँग समर्थन माग्दै बहुमतले विजयी गराउन अपील गरेको छ।

छुटाउनुभयो कि ?

वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको ...
पूर्वप्रधानन्यायाधीश जबरा र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

पूर्वप्रधानन्यायाधीश जबरा र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमान्डौँ सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ केही व्यक्ति तथा नातेदारको घ...
चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ८, तुराङको कालिका गाउँमा स्वास्थ्य शिविरमा बुधबार सम्पन्न भएको छ। कालिकागाउॅंमा स...
कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

काठमाडौंनेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै पार्टीको आगामी नेतृत...