चाडपर्वको मुखमा अनलाइन ठगीको बिगबिगी



काठमाडौँ
बडादशैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् ।
सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष शतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिलाई दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।
भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइलमार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई मुख्य हतियार बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानकाअनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरीहरू दिनानुदिन थपिँदै गएका छन् ।
प्रहरीकाअनुसार हालै पोखराका एक पीडितले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीबाट सामान किन्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ गुमाउनु परेको घटना सार्वजनिक भएको छ । पीडितलाई सामान्य ५ सय रुपैयाँको कुर्था खरिद गर्ने क्रममा ‘अग्रिम भुक्तानी’को प्रलोभन देखाई पटक–पटक रकम ट्रान्सफर गर्न लगाई खाता नै रित्याइएको थियो । सोही घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले धनगढीबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाएको छ ।

उहाँले भन्नुभयो, ‘कुनैपनि व्यक्तिगत सामाजिक सञ्जालको पेज वा टिकटक आइडीमार्फत हुने अस्वाभाविक सस्तो अफरबाट सचेत रहनुहोस् । अनलाइन भुक्तानी गर्दा सकेसम्म डेलिभरी भइसकेपछि मात्र पैसा तिर्ने विधि अपनाउनु सबैभन्दा सुरक्षित हुन्छ ।’

प्रहरीले अनलाइन सपिङ गर्दा विशेष सावधानी अपनाउन र आधिकारिक दर्ता भएका विश्वासिला पोर्टलहरूबाट मात्र सामान खरिद गर्न सुझाव दिएको छ । साइबर अपराधबाट बच्नका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने प्रहरीको भनाइ छ । दर्ता नभएका अनलाइन पसलहरूलाई विश्वास नगर्ने, जथाभाबी अग्रिम रकम नपठाउने र शंकास्पद अफरहरूमा नलोभिने कार्यले मात्र यस्ता ठगीका घटनाहरूलाई न्युनिकरण गर्न सकिने प्रहरीको निष्कर्ष छ ।

छुटाउनुभयो कि ?

ताप्लेजुङ्गमा ५.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङ्गमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौंपूर्वी नेपालको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रि...
मौसम पूर्वानुमान: देशभर सफा रहने, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा राति आंशिक बदली हुने

मौसम पूर्वानुमान: देशभर सफा रहने, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा राति आंशिक बदली हुने

काठमाडौंमौसम पूर्वानुमान महाशाखाले आज मंगलबार नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ । ह...
नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भारतद्वारा २ खर्ब ४० अर्ब रुपैयाँ सहयोगको घोषणा

नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि भारतद्वारा २ खर्ब ४० अर्ब रुपैयाँ सहयोगको घोषणा

काठमाडौँभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासलाई सहयोग पुर्‍याउन भारतका तर्फबाट २ खर...
भैरहवा विमानस्थलका लागि भारतीय आकाश खुल्दै

भैरहवा विमानस्थलका लागि भारतीय आकाश खुल्दै

रुपन्देहीअर्बौं लगानी गरेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने नेपालक...