जन्मदिनमा फजुल खर्च छाडेर रक्तदान
बुटवल
जन्मदिन मनाउन फजुल खर्च नगरी रक्तदान गरी जन्मदिन मनाउन प्रेरित गर्ने र समाजसेवामा अग्रसर हुने संस्कार स्थापित गर्ने उद्देश्यले रूपन्देही विद्युतीय व्यवसायी संघका पूर्व अध्यक्ष तथा महासंघका केन्द्रीय कोषाध्यक्ष प्रकाशचन्द्र पाण्डेयले आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रमको आयोजना गरे।
उनले रक्तदान जीवनदान भन्ने मूल मर्मलाई आत्मसाथ गरी कतिपय बिरामीलाई रगतको अभावले पिल्सिएको आफूले देखेको स्मरण गर्दै जन्मदिन मनाउने फजुल खर्च छाडेर रक्तदानको संस्कार बसोस् भन्ने उद्देश्यले जन्मदिनको दिन रक्तदान कार्यक्रमको आयोजना गरी आफूले पनि रक्तदान गरेको बताए।
मङ्गलबार नियमित रक्तदाता संघ बुटवलको कार्यालयमा गरिएको औपचारिक कार्यक्रममा बोल्दै रूपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले शरीर स्वस्थ नभएमा रगत प्रदान गर्न नमिल्ने हुनाले आफ्नो स्वास्थ्यको नियमित चेक जाँच सँगै सामाजिक काम भएकाल...








