कालिकाबाट अन्यले समेत सिक्न जरुरी छः पुर्व मुख्यमन्त्री लिला गिरी


बुटवल

देशकै सर्वोत्कृष्ठ विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान माविले खेलकुलका धेरै विधामा महत्पूर्ण प्रगति गरेको बताएका छन् । उनले कालिकाले यो क्षेत्रको मात्रै नभएर मुलुककै उत्कृष्ठ विद्यालयको रुपमा प्रमाणीत गरेको बताए ।

उनले भने–‘हाम्रो मुलकको सबै सामुदायीक विद्यालयमा यसै गरी अनुशासनीत र उत्कृष्ठ नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले पेश गरेको छ । ’ उनले स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कालिकाको जस्तै शैक्षिक वातावरण सबै सामुदायिक विद्यललयमा स्थापना गर्न सक्नुपर्ने बताउँदै यसमा कमजोरी रहेको र आगामी दिनमा सुधार गर्न जरुरीरहेको समेत बताए । शिक्षक, विद्यालय व्यवस्थापन समिति सबैको मिहिनेतबाट शैक्षिक क्षेत्र सुधारमा सबैजना लाग्नुपर्ने बताएका थिए । नीजी स्तरका विद्यालयहरुलाई समेत जित्न सक्ने गरी शैक्षिक वातावरण तयार गर्न सबैजना लागेमा सफल हुने समेत बताएका थिए । उनले भने–‘हामीले आ आफ्नो स्थानबाट सबैले योगदान दिन जरुरीरहेको छ, सबैले आ आफ्नो भूमिका निर्वाह गर्ने हो भने शैक्षिक सुधार गर्न सकिन्छ, यसमा हातेमालो गर्न जरुरी रहेको छ ।

कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरणराज गौतमलले कालिका मानवज्ञान मावि एउटा शैक्षिक धरोहरको रुपमा अगाडी बढेको बताउँदै खेलकुदको क्षेत्रका विद्यलायले गरेको लगानी सह्रासनीय भएको बताए । उनले खेलकुदको विकासको लागि प्रदेश सरकारले योजनाबद्ध विकास गर्ने गरी अगाडी बढाएको बताए । सामुदायिक विद्यायले खेलकुदका गतिविधिहरुको अगाडी बढाउनको लागि विद्यालय देखि नै योजना बनाएर अगाडी बढ्नुपर्ने बताएका थिए । खेलकुद एकताको प्रतिक भएको भन्दै उनले खेलकुदले देशलाई सफल बनाउने बताएका थिए ।

मदन भण्डारी स्पोट्स एकेडमीका केन्द्रीय अध्यक्ष धुब्र आचार्यले अव खेलकुद विदालाई अनितरित्त भन्दा पनि अनिवार्य विषयको रुपमा सुरुवात गर्नुपर्ने बताएका थिए । उनले मनदभण्डारी स्पोट्स एकेडमीले खेलकुद लाई जोड्दै आएको भन्दै खेलकुदलाई राजनीतिले व्यवस्थापन गर्ने गरी खेलकुदका गतिविधिहरुलाई अगाडी बढाउनुपर्ने बताएका थिए । अवको दिन खेलदकुल बाँच्नको लागि मात्रै नभएर कमाउन, रमाउनको लागि भन्दा पनि समृद्धिको लागि खेलदकुल अवको नारा हुुनुपर्ने बताएका थिए । उनले भने–‘खेलकुद अवको अतिरिक्त आवश्यकता होइन, यो अनिवार्य आवश्यकता हो, खेल र खेलाडी यो देशमा अव आधारभुत स्रोत हुन ।

बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कालिका मानवज्ञान हरेक क्षेत्रमा उत्कृष्ठ विद्यालयको रुपमा अब्बल बन्न सफल भलएको बताएका थिए । उनले कालिका मानवज्ञान मावि आफैमा महत्पूर्ण मन्दिर भएको बताए । उनले शिक्षा मात्रै नभएर खेलकुदलाई पनि अनिवार्य गरेर लैजान सकेमा हरेक क्षेत्रमा अब्बल हुन सक्ने बताए ।

कार्यक्रममा नेपाल खेलकुद विद्यालय महासंघका अध्यक्ष लेखनाथ पौडेल शिक्षा संग संगै अतिरिक्त क्रियाकलापमा कालिका मानवज्ञान माविले अब्बल सावित गर्दै आएको बताए । उनले विद्यालयले बार्षिक उत्सवमा मात्रै नभएर अन्य समयमा समेत विद्यालयले राम्रो कार्यसुरुवात गरेको बताएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान माविको हाल सम्मको अवस्थाको लागि सम्पूर्ण पुर्व शिक्षक, पुर्व पदाधिकारीहरु लगायत सबैको योगदान रहेको भन्दै उनले सबैको साथ र सहयोग सदैध सकारात्मक रहेको बताएका थिए । विद्यालयको खेलकुल, शैक्षिक गतिविधी सबैमा सहयोगी निकाय तालुक अड्डाबाट सहयोग प्राप्त हुँदै आएको बताए । उनले विद्यालयले खेलकुद गतिविधीलाई राष्ट्रिय देखि अन्तारष्ट्रिय रुपमा समेत नाम कमाउनको लागि सबैको सहयोग रहेको बताएका थिए । उनले शिक्षक, अभिभावक, प्रशिक्षक सबैको साझा पहलबाट अहिलेको सफलता प्राप्त भएको बताएका थिए । उनले हाल १३ जना राष्ट्रिय खेलाडीमा विद्यार्थीहरु कालिका माविबाट नै खेल्दै आएको बताए । उनले क्रिकेट, भलिवल, फुटवल लगायतका खेलकुदमा विद्यार्थीहरुको योगदान राष्ट्रमा नै उच्च रहेको बताएका थिए । विद्यालयले खेलकुदको आधारस्तम्भ खडा गर्न सफल भएको भन्दै उनले कालिका कपको निरन्तरता एउटा उदाहरण भएको समेत बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलकुदले एकताको प्रर्दशन गर्ने भन्दै विद्यालयले लामो समय देखि शैक्षिक वातावारण सहित खेलकुदका विविध गतिविधीहरुलाई अगाडी बढाउँदै आएको बताएका थिए ।

छुटाउनुभयो कि ?

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

काठमाडौँ गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्...
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँसांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले संघीय सांसदलाई ...
दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौंसुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर ...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...