विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल



बुटवल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्।

पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण अहिलेको अवस्था आएको स्वीकार गर्दै उनले विगतका कमजोरी सल्टाउन वैचारिक पुनर्गठन आवश्यक रहेको बताए।

विगतमा नेतृत्वको कमजोरी ढाकछोप गर्दै आएका महासचिव पोखरेलले अहिले भने आन्तरिक कमजोरी भएकै कारण पार्टी जीवनमा ठूलो पराजय भोग्नु परेको बताएका हुन्।

आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले नेता/कार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन्।

‘हाम्रै कमजोरीले पार्टी अहिलेको अवस्थामा आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने बेलैमा सल्टाउन सकिएन,’ उनले भने।

उनले आफ्ना कमजोरी स्वीकार नगरेर पार्टीलाई सुधार गर्न नसकिने भन्दै आन्तरिक कमजोरीकै कारण पार्टी जीवनमा सबैभन्दा ठूलो पराजय भोग्नु परेको र कार्यकर्तामा चरम निराशा छाएको बताए।

‘अब वैचारिक पुनर्गठन आवश्यक छ। आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न हिचकिचाउनु पर्दैन,’ उनले भने।

उनले पार्टी शुद्धीकरण सहितको रूपान्तरण तयार रहेको बताए।

‘हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौँ, अहिले उनीहरू हामीसँग रहेनन्, हामीलाई विश्वास गरेनन्, भूमिहीनले विश्वास गरेनन्, विदेश गएका श्रमजीवी वर्ग पनि हाम्रो साथमा रहेनन्। पार्टी बलियो बनाउने आधार भत्कियो। किसान आन्दोलनबाट हुर्केको पार्टीलाई किसानले विश्वास गरेनन्, हाम्रो पार्टी सत्तामा हुँदा न्याय हुन्छ भन्ने विश्वास भएन। त्यसैले अब कसैको निर्देशनभन्दा पनि आफैले जानेर योजना बनाएर काम गर्नुपर्‍यो,’ उनले भने।
महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितका लागि खुला रूपले निर्णय गर्न तयार रहेको बताए।

उनले समाजमा सामाजिक सञ्जालबाट गलत भाष्य बनाइएका कारण आफूहरूले गरेका राम्रा कामहरू नकारात्मकता मात्रै अघि बढाइएको बताए।

‘एउटा समय आयो कि हाम्रा राम्रा कुरा पनि सुन्न नचाहने अवस्था आयो। सहरिया, नवयुवा, विदेश बसेका र सुकुम्बासीहरू हामीबाट टाढिए भनेर स्थानीय चुनावपछि नै थाहा भएकै हो, त्यही आधारमा मिसन ग्रासरूट चलायौँ र सफल भयो। तर युवालाई जे गर्ने भनेका थियौं, त्यो भएन हामी असफल भयौँ,’ उनले भने।

आफूहरू सरकारका माध्यमबाट बलियो हुन खोजे पनि वर्ग सङ्घर्षलाई बुझ्न नसकेको उनले बताए।

‘हामीले सिडिओ र राम्रो हाकिम खोज्दै हिँड्यौ यसरी हामी जनताबीच जाने हैन, जनता हामीकहाँ आउने बनायौं। यो कार्यशैली उल्टो भयो,’ पोखरेलले भने।
प्रदेश सरकारमा नयाँ गठबन्धनबारे बोल्दै महासचिव पोखरेलले कांग्रेसले नै गठबन्धन नचाहेको बताए।

‘हामी कांग्रेससँग मिल्ने पक्षमा नै थियौं, उनीहरूबीच सहमति हुन सकेन। महासचिव पोखरेलले सरकारबारे टिप्पणी गर्दै यसको जग लोकप्रियतावाद, अराजकतावाद भएकाले जनस्तरमा त्यो सन्देश पुर्‍याउनुपर्ने बताए।
लुम्बिनी प्रदेशमा यी हुन् २१ जना मनोनीत सदस्यहरू:

बैठकले प्रदेश कमिटीमा २१ जना मनोनयन गरेको छ।

मनोनीत हुनेहरूमा रूपन्देहीबाट पम्फावती खनाल, चिन बहादुर गुरुङ, कपिलवस्तुबाट बाबुराम आचार्य, टेकराज पौडेल, हिरालाल पौडेल, नवलपरासीबाट गणेश पौडेल, मोहन बहादुर विक, दाङबाट लीला पुन, धर्मराज भारी, रोल्पाबाट घनश्याम आचार्य, गुल्मीबाट हिरा एसी र श्रीकृष्ण भुसाल, अर्घाखाँचीबाट जीवनारायण कोइराला, बाँकेबाट दीपक निरौला, प्युठानबाट धर्म गिरी, पाल्पाबाट देवी लामिछाने परेका हुन्।

प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी इन्चार्ज तथा केन्द्रीय सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

बैठकमा प्रस्तावका रूपमा आएका अन्तर पार्टी निर्देशन, जिल्लाको रिपोर्टिङ, मिसन पार्टी जागरण अभियानको शुभारम्भ, सदस्यता नवीकरण, सदस्य मनोनयन र सचिवालय विस्तार, जिम्मेवारी विभाजन, मातहत कमिटीको बैठक लगायतका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए।

छुटाउनुभयो कि ?

आइतबारको बिदा हटाउन प्रस्ताव

आइतबारको बिदा हटाउन प्रस्ताव

काठमाडौंसरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ । गत चैत २२ गते मन्त्रिपरिषद् बैठकले इन्धनको अभ...
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...