शैक्षिक हब बन्दै बुटवलको कालिका क्याम्पस


बुटवल

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री माननीय जन्मजय तिमिल्सना कार्यक्रम थलोमा आउँदा सबैले ताली बजाएर सम्मान गरे । बुटवल कालिका क्याम्पसको ११ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसका अवसरमा उनी प्रमुख अतिथि थिए । उनी लगायतका पाहुनाहरुले क्याम्पसद्वारा प्रकाशित नयाँ कदम(मुखपत्र–२) र अनुसन्धानमूलक जर्नलको विमोचन समेत गरेका थिए । 

निर्धारित समयभन्दा कार्यक्रम ढिला सुरु भएको र आफू मोतीपुर औद्योगिक ग्रामको जग्गासम्बन्धी कामका लागि जानेभनेर बुटवल उपमहानगरपालिकाका नगर प्रमुख विशिष्ट अतिथिका रुपमा आफ्ना पवित्र वचन राखेर बिदा भए । उनले बुटवललाई शैक्षिक पर्यटनको हब बनाउने कुरा गरे । प्रमुख अतिथिलाई आफ्नो चुनावक्षेत्रमामात्र शैक्षिक वजेट नराखेर बुटवलमा पनि राख्न विशेष अनुरोध गरे । बुटवलको कालिका क्याम्पसमा देशका सातै प्रदेशका विद्यार्थीले प्रतिनिधित्व गरेको गरिमामय क्याम्पस रहेको बताए । बुटवललाई देशकै नमूना शैक्षिक केन्द्र बनाउन सकेमा जाती हुने भएकोले आफ्नो नगरको २६ प्रतिशत् वजेट शिक्षामा लगानी गरेको गर्वका साथ सुनाए । 

क्याम्पसको भलो चिताउँदै प्रमुख अतिथि सामाजिक विकासमन्त्रीले आफूले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने वचनवद्धता जाहेर गरे । कालिका क्याम्पसले आफूलाई नयाँ उर्जा र थप हौशला दिएको बताउँदै आफ्नो प्रदेशको १०÷१२ वटा स्कूल र क्याम्पसको अनुगमन र निरीक्षण गरेपछि सारै हतास भएको सुनाए । प्रदेश सरकारको शिक्षामा गरिएको लगानीअनुरुप सफलता हासिल गर्न नसकेकोले आफू निराश भएको बताएका थिए । एसईईको नतीजा राम्रो नआएकै कारण प्लस टू र क्याम्पसहरु सञ्चालनमा कठिनाई आएको र लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई राम्रोसँग सञ्चालन गर्न सबैको हातेमालो चाहिने उल्लेख गरे । 

मन्त्री जन्मजयले आफूलाई बुटवल, शैक्षिक हब बन्न सक्छभन्ने कुरा कालिका क्याम्पस प्रशासन र सञ्चालकहरुको विशेष योगदानले प्रमाणित गरेको भाषण गरिरहँदा तालीले उनलाई भव्य सम्मान गरेको थियो । उनले जोशिदै भने–क्याम्पसले अर्को वार्षिकोत्सवमा बोलाएपनि नबोलाएपनि आफू फेरि आउने कुरा दोहो¥याइँ रहँदा झन् जोरजोरले ताली बजिरह्यो । सांस्कृतिक कार्यक्रममा पनि उनको चासो रहेछ । थारु संस्कृति हेरेर उनी मख्खमात्र परेनन् आफू बर्दियाको थारु गाउँमा रहेको र उक्त संस्कृतिप्रति समर्पित रहेको समेत सुनाए । जानेबेला उनै कलाकारसँग फोटो खिच्न समेत तम्से । 

मन्त्रीले सबैलाई भाषण गरेर चकित बनाए । आउनेबेला प्रदेशको निराश शैक्षिक स्थिति सम्झेका उनलाई जानेबेला गजवकै हौशला मिल्यो । क्याम्पसका विद्यार्थीको शैक्षिक प्रदर्शनीले उनमा उमंग छायो । प्रविधिमैत्री प्रदर्शनीले जाँगर थप्यो । क्याम्पसलाई विशेष धन्यवाद् दिदै क्याम्पस सञ्चालक,प्रशासन,विद्यार्थी,अभिभावक र सरोकारवाला सबैलाई उनले कृतज्ञता प्रकट गर्दै लुम्बिनी प्रदेशकै नमूना क्याम्पस बनाउन लाग्ने सबैलाई आभार प्रकट गरे । 

क्याम्पसका सबैजसो विद्यार्थी कार्यक्रममा सहभागी थिए । क्याम्पस सभा सदस्यहरु थिए । सञ्चालक समितिका सबै थिए । क्याम्पसका सबै अध्यापकहरु थिए । गन्यमान्य सबै थिए । पाहुनाहरु सबै थिए । उत्तम नतीजा दिने अध्यापकहरुलाई पुरस्कृत र सम्मान गरिएको थियो । सर्वोकृष्ट नतीजा हासिल गर्ने विद्यार्थीहरुले पुरस्कार थापे । वार्षिकोत्सवमा भएका शारीरिक,बौद्धिक खेलमा सफलता प्राप्त गर्नेहरुले घाँटीमा मेडल र प्रमाणपत्र पाए । कार्यक्रमका बीचबीचमा प्रदर्शित सांस्कृतिक कार्यक्रमले सबैलाई मख्ख पारेकै थियो । विद्यार्थीका कला बेजोड थियो । 

कार्यक्रम व्यवस्थित थियो । विद्यार्थी अनुशासित थिए । कुनैपनि प्रकारका हल्ला थिएनन् । शान्त विद्यार्थी,शालीन अभिभावक,धैर्यवान पाहुनाहरुले कार्यक्रमलाई साथ दिइरहेका थिए । त्यही भएरपनि प्रमुख अतिथिले कालिका क्याम्पसका विद्यार्थीको अनुशासनलाई सलाम गरेका थिए । 

क्याम्पस प्रमुख घनश्याम पाठकले प्रतिवेदन सरर्सती पढेनन् । मुखपत्रमा छापिएकोले पाहुनाहरुलाई पढ्नेगरी मुखपत्र जिम्मा दिए । उनले आफूहरुको साझा प्रयासले नै आजको बुटवल कालिका क्याम्पस रहेको सुनाए । सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीको प्रशंसा र सम्मान गरे । उनलाई क्याम्पस स्थापनाको मियो माने । सबैले सबैलाई विश्वास ठानेर नै आजको कालिका क्याम्पस यहाँसम्म आइपुगेको बयान गरे ।  यो क्याम्पस,सामुदायिक क्याम्पसमात्र नभएर सबैको विश्वास गर्ने शैक्षिक हब बन्दै जानुमा सबैको अतुलनीय योगदान रहेको उनले चर्चा गरे । 

क्याम्पसका पुराना अध्यक्ष अर्जुमान सैजु र अक्षयकोषदाता भूपालकुमार श्रेष्ठ, कार्यक्रममा सम्मानित भए । दोसल्ला ओढाइए । शान्दार सम्मानपत्र हातमा थमाइए । उनीहरु नि मख्ख भए । पत्रकार कपिल ज्ञवाली पनि सम्मानित अवसर  पाए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले उपस्थित सबैलाई स्वागत गरे । सम्मानभाव प्रकट गरे । कार्यक्रमलाई शोभा बढाई दिएकोमा सबैप्रति अनुगृहित भए । सहायक क्याम्पस प्रमुख महेश ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए । लामालामा र धेरै वक्ता कार्यक्रममा थिएनन् । यो नै उदाहरणीय काम थियो । 

खाजा सबैलाई व्यवस्था थियो । बसेकै स्थानमा । यसले पनि व्यवस्थापनमा सहयोग पुगेको थियो । सानातिना गल्तीकमजोरी त हुन सक्छन् । तयारी उत्तम हुँदाहुँदै पनि । यसलाई आगामी दिनमा नदोहोराउने गरी अघि बढ्नु नै श्रेयस्कर हुनेछ । कमजोरीलाई कनिकुथी गरी कुम्ल्याएर बस्नु हितकर हुँदैन । कार्यक्रम,तोकिएभन्दा केही समय ढिला सुरु भएकै कारण समापन हुनेबेला नि लम्बियो । बुटवल कालिका क्याम्पसबाट धेरै सिक्नुपर्ने र थोरै त्याग्नुपर्ने कुराहरु होलान् । यो नै सिकाई हो ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...