लिट्स कलेज बुटवलमा विदाई तथा स्वागत कार्यक्रम सम्पन्न


बुटवल

रूपन्देहीको बुटवलमा अवस्थित रहेर निरन्तर सेवा दिँदै आएको लुम्बिनी इन्स्टिच्युट अफ टेक्निकल साइन्स (लिट्स )कलेजले नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अध्ययन पुरा गरिसकेका विद्यार्थीलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार बुटवलकाे सुख्खानगर कलेज परिसरमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलेजका संस्थापक महासचिव कृष्णप्रसाद भुसालले विभिन्न चुनौतीका बावजुद २०५४ सालमा स्थापना गरेको कलेज अहिले पश्चिम नेपालकै उत्कृष्ट भएकोमा गर्भ महसुस भएको बताए । अहिले उक्त कलेजबाट उत्तीर्ण गरी जनशक्ति देश तथा अन्य बाहिरी मुलुकमा गएर उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको बताए ।

कलेजका प्राचार्य तथा कार्यकारी निर्देशक बसन्तराज खनालले प्राविधिक शिक्षाको महत्व उल्लेखनीय रहेको र आफ्नो कलेजबाट उत्तीर्ण गरी रोजगारमा जोडिएका व्यक्तिहरू व्यवस्थित जीवन बिताइरहेकोमा गर्व महसुस भएको बताए। उनले प्राविधिक शिक्षा महत्वपूर्ण रहेकोले कम लगानी र कम समयमा रोजगारसँग जोडिन सक्ने र व्यवसायी हुन सक्ने हुनाले यसको विशेष महत्व रहेको जनाए। प्राचार्य खनालले १ वर्ष पछि कलेजले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने बताउँदै नवआगन्तुक विद्यार्थीलाई स्वागत सँगै उत्तीर्ण भएका विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए।

कलेजका प्रशासकीय अधिकृत नागेन्द्र यादवले आफ्नो कलेजमा मेडिकल लाइन तर्फका फार्मेसी , एचए , ल्याब टेक्निसियन र रेडियोलोजी गरि ४ प्रकारको विषय अध्ययन हुने बताए ।उनले आफ्नो कलेज विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको बताए।

प्रशिक्षार्थी वेदप्रसाद आचार्यको अध्यक्षतामा रहेको कार्यक्रममा वरिष्ठ प्रशिक्षक गाेविन्द तिवारी ,प्रध्यापक रामप्रसाद घिमिरे ,प्रशिक्षार्थि रितिका मण्डल लगायतले आफ्ना भनाइ राख्दै कलेज उत्कृष्ट रहेको आफू हरुले अध्यापन र अध्ययन गर्दा अनुभव लिएको बताए ।

नाचगानसँगै सांस्कृतिक कार्यक्रम गरी भव्य रुपमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी निशान भण्डारी र शिक्षा खनालले गरेका थिए।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...