जन्मदिनमा फजुल खर्च छाडेर रक्तदान


बुटवल

जन्मदिन मनाउन फजुल खर्च नगरी रक्तदान गरी जन्मदिन मनाउन प्रेरित गर्ने र समाजसेवामा अग्रसर हुने संस्कार स्थापित गर्ने उद्देश्यले रूपन्देही विद्युतीय व्यवसायी संघका पूर्व अध्यक्ष तथा महासंघका केन्द्रीय कोषाध्यक्ष प्रकाशचन्द्र पाण्डेयले आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रमको आयोजना गरे।

उनले रक्तदान जीवनदान भन्ने मूल मर्मलाई आत्मसाथ गरी कतिपय बिरामीलाई रगतको अभावले पिल्सिएको आफूले देखेको स्मरण गर्दै जन्मदिन मनाउने फजुल खर्च छाडेर रक्तदानको संस्कार बसोस् भन्ने उद्देश्यले जन्मदिनको दिन रक्तदान कार्यक्रमको आयोजना गरी आफूले पनि रक्तदान गरेको बताए।

मङ्गलबार नियमित रक्तदाता संघ बुटवलको कार्यालयमा गरिएको औपचारिक कार्यक्रममा बोल्दै रूपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले शरीर स्वस्थ नभएमा रगत प्रदान गर्न नमिल्ने हुनाले आफ्नो स्वास्थ्यको नियमित चेक जाँच सँगै सामाजिक काम भएकाले रक्तदान गर्नु ठूलो पुण्य भएको बताए । उनले आफूले पनि जन्मदिनमा यी र यस्तै सामाजिक काम गर्दै आएको र सबैलाई सामाजिक काममा सहभागी हुन आग्रह गरे।

कार्यक्रममा बोल्दै रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष सागर खरेलले जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा संघका सल्लाहकार तथा पूर्व अध्यक्षप्रति जिल्ला संघको तर्फबाटखुसी व्यक्त गर्दै संघले यी र यस्ता सामाजिक कामहरू विभिन्न समयमा गर्दै आएको र आगामी समयमा बढाउँदै लैजाने बताए ।

नेपाल नियमित रक्तदाता संघ रूपन्देहीका अध्यक्ष अशेष सिलवालले रक्तदान गर्न मानिस डराउने भएकाले संघले विभिन्न स्वास्थ्य शिविरको माध्यमबाट नागरिकलाई प्रेरित गर्दै गएको बताए। उनले अहिले जिल्ला संघले स्थानीय सरकार ,सामाजिक संघसंस्था र व्यक्तिहरू हरेकले रक्तदान जस्तो पुण्यकर्ममा जोडिँदै संख्या बढ्दै गएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा नियमित रक्तदाता संघका केन्द्रीय अध्यक्ष दया सिलवाल , लुम्बिनी प्रदेश विद्युतीय व्यवसायी संघका संयाेजक लोकनाथ पोखरेल ,रुपन्देही विद्युतीय व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह, महासचिव विष्णु भण्डारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाल नियमित रक्तदाता संघका केन्द्रीय महासचिव दीपक अधिकारीले गरेका थिए।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...