महासंघमा पत्रकारितालाई थप उचाइमा पुर्‍याउने पत्रकारलाई विजयी बनाऔँ


श्रीराम ज्ञवाली

राज्य सञ्चालनका अङ्गहरू कार्यपालिका ,न्यायपालिका ,वव्यवस्थापिका पछिको चौथो अङ्ग संचार जगत हो। समाजलाई सही दिशा निर्देश गर्नको लागि पत्रकारिताको अहम भूमिका हुन्छ। समाजलाई निष्पक्ष समाचार र सही दिशा निर्देश गर्ने खालका समाचार विचारहरू सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो। समाजका स-साना देखि लिएर राष्ट्र एवं विश्वका ऐतिहासिक चरणहरूमा मिडियाको महत्त्वपूर्ण भूमिका हुन्छ। यसको महत्वलाई कम हुन नदिन पत्रकारिताका नीति नियम पालना गर्नु अति आवश्यक हुन्छ। पत्रकारिताको महत्व दर्शाउने पत्रकार जिम्मेवार हुनु आवश्यक हुन्छ।

पत्रकारिताको छाता संस्था पत्रकार महासंघको हुन गइरहेको निर्वाचनमा सही अनुरूप पत्रकारिता जगतलाई थप उचाइमा पुर्‍याउने पत्रकारलाई विजयी बनाउनुपर्छ। समाजको महत्वपूर्ण अङ्ग पत्रकारितामा आबद्ध पत्रकारहरुले समाजलाई सही समाचार सम्प्रेषण गर्नुपर्छ। पत्रकारमा कुनै आग्रह, पूर्वाग्रह ,अभाव ,दबाब र प्रभाव जस्ता कुराहरु हुनुहुँदैन। पत्रकारहरु कुनै राजनीतिक दलका कार्यकर्ता ,निजामती कर्मचारी, उद्योग व्यापार व्यवसायमा आबद्ध भएको हुनुहुँदैन । आफ्नो अधिक समय अन्य क्षेत्रमा व्यस्त रहने र आंशिक रुपमा मिडियामा काम गर्ने हुनुहुँदैन। जसले पत्रकारितामा दखल राख्छन् ,साँच्चिकै पत्रकारिताबाट नै परिचय स्थापित गर्न चाहन्छन् र योग्य छन् उनीहरूलाई उम्मेदवार बनाउनुपर्छ।

अहिले पत्रकारको नाममा समाजलाई तर्साउने ,राजनीतिक दलको आखडा बनाउने ,गैरकानुनी काममा संलग्न रहेका, उद्योग व्यवसाय गर्ने ,कर्मचारीहरु जस्ता विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि पद लिएको अवस्था छ। यसले पत्रकारको आवश्यकता र महत्वप्रति वितृष्णा पैदा भएको छ। यसका लागि लामो इतिहास बोकेको नेपाल पत्रकार महासंघको निर्वाचनमा यो साँच्चिकै विधि र पद्धति अनुरुपका व्यक्तिहरूलाई दिने हो भने समाजमा पत्रकारिताको महत्व उल्लेखनीय हुन्छ । साेहि अनुरुपका व्यक्तिहरु लाई विजयि वनाउनेहाे भने साँच्चिकै राज्यको चौथो अङ्गको रुपमा स्थापित हुन्छ।

गैर पत्रकारलाई पद दिदा पत्रकारिताको महत्व झन् दयनीय अवस्थामा लैजान्छ र समाजले पत्रकारिताको महत्व र आवश्यकता महसुस गर्न छोड्छ। आफै विलय हुने अवस्थामा जान्छ ।बेथिति ,विसङ्गति ,हत्या, हिंसा ,चोरी ,ठगी ,भ्रष्टाचार , वर्गीय द्वन्द ,धार्मिक द्वन्द ,साम्प्रदायिक द्वन्द ,जातीय द्वन्द ,लैङ्गिक द्वन्द ,राजनीतिक द्वन्द जस्ता विकृतिहरू समाजमा राज्यमा देखा पर्छन् । समाज विकास क्रममा भएका विभिन्न घटनाहरूको सही सूचना जनता समक्ष पुर्याउने दायित्व पत्रकारिताको हुन्छ ।पत्रकारिताले कलममा विश्वास गर्ने भएपनि समाज विकासका सन्दर्भमा भए गरेका क्रान्तिहरूको वस्तुस्थिति उक्त क्रान्ति समाजको पक्षमा छ वा कुनै व्यक्ति विशेषको फाइदाका लागि भएको छ त्यसको सही सूचना समाजमा दिनुपर्ने हुन्छ। यसमा आग्रह पूर्वाग्रह राखी सूचना सम्प्रेषण भएमा मिडियाप्रति जनताको विश्वास हराउँछ पत्रकारको महत्व नैखस्किँदै जान्छ ।पत्रकारलेसमाजमा कुनै व्यक्ति विशेषको फाइदाका लागि समाचार सम्प्रेषण गरेमा त्यो पूर्वाग्रही बन्छ। त्यसैले पत्रकार निष्पक्ष हुनुपर्दछ। राजनीतिक दलमा आबद्ध व्यक्तिले आफ्नो दलको गतिविधि नराम्रो भएपनि अन्धभक्त भएर त्यसलाई राम्रो भनी समाचार सम्प्रेषण गर्दा जनताले सही सूचना प्राप्त गर्न सक्दैनन् जसले समाज अन्योलमा पर्न जान्छ ।

पत्रकारले समाजभन्दा कुनै व्यवसायको फाइदाका लागि समाचार सम्प्रेषण गर्दा व्यथिति फैलिन्छ ,यसले उम्मेदवार कुनै राजनीतिक दल ,व्यवसाय ,जागिर, गैरकानुनी कसुरमा परेकोअन्य क्षेत्रमा आबद्ध भएको हुनुहुँदैन। जसले गर्दा समाजमा सही समाचार सम्प्रेषण नभई पूर्वाग्रही हुने खतरा हुन्छ। पत्रकार निष्पक्ष हुनुपर्छ।

वर्तमानमा देखिएको पत्रकारिताको विकृति आउनु आर्थिक पक्षको त्यत्तिकै प्रभाव देखिन्छ। विशुद्ध पत्रकारिता गर्नेहरूलाई राज्यले उचित पारिश्रमिक सेवा, सुविधा निर्धारण गर्नुपर्छ। र मिडिया हाउसले पनि पत्रकारलाई उचित आफ्नो आर्थिक जोहाेका लागि अन्य धन्धा गर्ने बाध्यता नहोस्, त्यस्तै सत्यतथ्य समाचार सम्प्रेषण गर्दा कोहीलाई असर पनि पर्न सक्छ। जसले पत्रकारलाई सुरक्षा चुनौती हुन सक्छ। यसका लागि पत्रकारलाई म यथार्थ कुनै आग्रह पूर्वाग्रह नराखी समाचार सम्प्रेषण गर्दा सुरक्षित छु भन्ने अनुभूति गराउनु राज्यको दायित्व हुन आउँछ। र पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघले अभिभावकत्व लिनुपर्छ।

उम्मेदवार कुनैगैरकानुनी काममा संलग्न भएको व्यक्तिले पत्रकारितामा पनि गलत धन्दा चलाउन सक्छ। उम्मेदवार सामन्ती सोचको ,दलाल पुँजीवादी सोचको ,जालझेल ,तिगडम गर्ने हुनुहुँदैन। यो प्रवृत्तिले पत्रकारिताप्रति वितृष्णा पैदा हुन्छ । केही व्यक्तिहरुले पत्रकारको नाममा समाजमा डर त्रास देखाएर ठगीधन्दा चलाउन सक्छन् त्यसैले त्यस्ता व्यक्तिहरुलाई उम्मेदवार बनाउनु हुँदैन । पत्रकारिताको आवश्यकता र महत्व बढाउने पत्रकारले नै हो। त्यसैले पत्रकार सचेत र संयम हुनुपर्दछ।

समाजमा विभिन्न पेशा व्यवसायहरू छन्। जस्तै राजनीतिकर्मी ,उद्योगी व्यवसायी ,कर्मचारी आदि विभिन्न क्षेत्रमा लाग्ने आ-आफ्नो दक्षता अनुसार लाग्न उचित हुन्छ।आफ्नो योग्यता अनुरूपको क्षेत्रमा क्रियाशील रहेमा व्यक्तिको प्रगति पनि हुन्छ। समाजमा पेशा व्यवसायलाई मर्यादित बनाउने जिम्मा पनि उक्त क्षेत्रमा लागेका व्यक्तिहरूको नै हुन्छ।

पत्रकारिता समाजको ऐना हो। समाजमा रहेका राम्रा पक्षहरूलाई राम्रो र नराम्रा पक्षलाई कुनै पूर्वाग्रह नराखी नराम्रो भन्न र लेख्न सक्ने र सृजनशील हुनुपर्छ। समाज विकास क्रममा हुने विभिन्न गतिविधिमा पत्रकारिताको महत्त्व हुन्छ। द्वन्द ,प्राकृतिक विपत्ति जस्ता क्षेत्रका पत्रकारहरू फ्रन्ट लाइनमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुन्छ त्यसैले पत्रकारलाई सुरक्षाको अनुभूति गर्न सक्नेव्यवस्था हुनुपर्छ ।समाचार संकलनका क्रममा जाँदा हुनसक्ने जोखिमका लागि जीवन बीमा जस्ता पक्षको पनि उचित व्यवस्था हुनुपर्छ। यसले गर्दा पत्रकारको मनोबल बढ्छ।

उम्मेदवार दिएका व्यक्तिहरूको सवालमा पनि आफू कुनै राजनीतिक दलमा, उद्योग व्यवसायमा ,कर्मचारीका रूपमा कार्यरत रहेको भए ,बाहिर रहेर आफ्नो र समाजको एवं पत्रकारिताको महत्व र आवश्यकतालाई थप उचाइमा लग्न र समाजको स्तर उन्नतिमा साथ दिनु आवश्यक छ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...