कालिकाका उपलब्धि शैक्षिक विकासको लागि बलियो स्रोत : मुख्यमन्त्री आचार्य


बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस उद्घाटन गरेका छन् । विद्यालयले आइतबार आयोजना गरेको वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोहको मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री आचार्यले कालिका मानवज्ञान माविले हासिल गरेका शैक्षिक उपलब्धिहरु प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाइ केन्द्रको रुपमा लिनुपर्ने बताए । ‘यस विद्यालयले सबै क्षेत्रमा उत्कृष्टता हासिल गरेको छ । यसबाट अन्य विद्यालयहरुले सिक्न जरुरी छ’उनले विद्यालयको प्रशंसा गर्दै भने,‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हासिल गरेका उपलब्धीले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’ 

विद्यालयलाई यस उचाईमा ल्याउन भूमिका खेल्ने सबै बधाईको पात्र रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले यो उचाई सधै कायम राख्न निरन्तर भूमिका बढाइरहनुपर्ने बताए । ‘अथक प्रयत्न र पौरखले यो विद्यालयले उत्कृष्टताको उचाई हासिल गरेको छ । यसप्रकारको उचाईले प्रदेशको गौरव बढाएको छ’उनले भने,‘प्रदेश सरकारले तपाईहरुलाई सम्मान गर्न चाहन्छ ।’ 

बहुआयामीक क्षेत्रमा विद्यालयले हासिल गरेका उपलब्धिहरु शैक्षिक विकासको लागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे । ‘नतिजाको हिसाबले भन्नुस् या अतिरिक्त क्रियाकलापको हिसाबले भन्नुस् यो विद्यालय देशमै नमुना छ । यहाँबाट उत्पादन भएका विद्यार्थीले जस्तोसुकै प्रतिष्पर्धामा पनि सफलता प्राप्त गरेका छन्’उनले भने,‘विद्यार्थी, शिक्षक, अभिभावक एवं सिंगो समुदायले गरेको मेहनतको प्रतिफल हो ।’

वि.सं. २०१७ सालमा स्थाना भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित छ । विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको हो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा मूल समारोह भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालयको मुखपत्र २०८१ को विमोचन गरे । समारोहमा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सुदर्शन रेग्मीले गरेका थिए ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...