कालिकाका उपलब्धि शैक्षिक विकासको लागि बलियो स्रोत : मुख्यमन्त्री आचार्य


बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस उद्घाटन गरेका छन् । विद्यालयले आइतबार आयोजना गरेको वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोहको मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री आचार्यले कालिका मानवज्ञान माविले हासिल गरेका शैक्षिक उपलब्धिहरु प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाइ केन्द्रको रुपमा लिनुपर्ने बताए । ‘यस विद्यालयले सबै क्षेत्रमा उत्कृष्टता हासिल गरेको छ । यसबाट अन्य विद्यालयहरुले सिक्न जरुरी छ’उनले विद्यालयको प्रशंसा गर्दै भने,‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावी योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हासिल गरेका उपलब्धीले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’ 

विद्यालयलाई यस उचाईमा ल्याउन भूमिका खेल्ने सबै बधाईको पात्र रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले यो उचाई सधै कायम राख्न निरन्तर भूमिका बढाइरहनुपर्ने बताए । ‘अथक प्रयत्न र पौरखले यो विद्यालयले उत्कृष्टताको उचाई हासिल गरेको छ । यसप्रकारको उचाईले प्रदेशको गौरव बढाएको छ’उनले भने,‘प्रदेश सरकारले तपाईहरुलाई सम्मान गर्न चाहन्छ ।’ 

बहुआयामीक क्षेत्रमा विद्यालयले हासिल गरेका उपलब्धिहरु शैक्षिक विकासको लागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे । ‘नतिजाको हिसाबले भन्नुस् या अतिरिक्त क्रियाकलापको हिसाबले भन्नुस् यो विद्यालय देशमै नमुना छ । यहाँबाट उत्पादन भएका विद्यार्थीले जस्तोसुकै प्रतिष्पर्धामा पनि सफलता प्राप्त गरेका छन्’उनले भने,‘विद्यार्थी, शिक्षक, अभिभावक एवं सिंगो समुदायले गरेको मेहनतको प्रतिफल हो ।’

वि.सं. २०१७ सालमा स्थाना भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित छ । विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको हो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा मूल समारोह भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालयको मुखपत्र २०८१ को विमोचन गरे । समारोहमा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सुदर्शन रेग्मीले गरेका थिए ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...