शिक्षाको कमीकमजोरी सच्याउँदै जान्छौं: प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको कमी कमजोरीहरूलाई सुधार गर्दै जाने बताएका छन्।

शनिबार त्रिविको ५० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधारदेखि अरू कमि कमजोरीहरूलाई सुधार गर्दै लैजाने बताएका हुन्।

‘त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरु होलान्, भौतिक पूर्वाधारका कमी होलान्, अरु कुराहरुका कमी होलान्, पर्याप्त भयो भन्ने दिन कहिल्यै हुँदैन,आर्थिक अवस्था कमजोर होला, त्यसलाई हामी सच्याउँदै जानेछौं,’ उनले भने।

उनले त्रिभुवन विश्वविद्यालयले स्थापना कालदेखि नै गर्दै आएको योगदानका लागि धन्यवाद ज्ञापन गरे।

‘एउटा  कुरामा हामीले ध्यान दिनुपर्छ । आजको शैक्षिक जगत शैक्षिक जगत जस्तो नदेखिएर कहिले कहिले अन्यथा प्रकारका प्रवृत्तिहरु पनि देखिन थालेका छन्, यस कुरामा हामी सजग हुनुपर्छ,’ उनले भने।प्रधानमन्त्री ओलीले त्रिविलाई शिक्षाको मन्दिरको रूपमा अघि बढाउनुपर्ने पनि बताए।

‘जसरी हामी मन्दिरमा जाँदा एउटा भाव प्रकट गर्दछौँ, विद्यालय, विश्वविद्यालय, महाविद्यालयमा पुग्दा त्यो भाव हुनुपर्छ । हाम्रो समाज सभ्य समाज हो,’ उनले भने।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...