प्याब्सन बुटवलको अधिवेशन, गुणस्तरीय शिक्षाका लागि नगर प्रतिबद्ध छ: नगरप्रमुख पाण्डे


बुटवल

बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले शैक्षिक हब बन्दै गएको बुटवललाई थप गुणस्तरीय बनाउन नगर प्रतिबद्ध रहेको बताए। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन )बुटवल शाखाको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै पाण्डेले संस्थागत तथा सामुदायिक विद्यालय दुबैलाई थप प्रभावकारी बनाउनका लागि सहकार्य गर्दै आएको बताए।

उनले अध्ययन गरिसकेपछि रोजगारमा आबद्ध हुन सक्नेगरी र बढ्दो प्लायनलाई अवसर दिएर रोक्न आफू लागेको बताए। उनले बुटवलको विकासमा संस्थागत विद्यालयहरूको महत्त्वपूर्ण योगदान रहेको जनाउँदै प्याब्सनले बुटवलको गौशालाका लागि सहयाेग जस्तै ट्राफिक व्यवस्थापनमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने फिल्डमा उतार्न आवश्यक रहेको बताए ।उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासका हरेक गतिविधिहरुमा नगर लागिपरेको बताए ।उनले समय समयमा सरकारवाला र संस्थागत विद्यालयहरूको टसमसमा आफू जानकार रहेको र सम्बद्ध सबैलाई सकारात्मक हिसाबले अगाडि बढ्न आग्रह गरे।

संस्थाका अध्यक्ष मित्रहरी आचार्यको अध्यक्षतामा सम्पन्न अधिवेशनमा बोल्दै प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेले रोकिएको शिक्षा ऐनमा संशोधन गरी लागू गर्नुपर्नेमा जोड दिए ।उनले नेपाल सरकारको संघीय मूल्य मान्यता र प्याब्सनको विधान अनुसार स्थानीय तहमा आबद्ध निजी तथा आवासिय विद्यालयहरूका माग सम्बोधन गर्दै जिल्ला प्रदेश र केन्द्रीय स्तरसम्म एक एकताबद्ध गराउँदै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सहकोषाध्यक्ष हेमलाल भुसालले सर्वसुलभ, प्रविधिमैत्री र संस्कारयुक्त गुणस्तरीय शिक्षा मौलिक अधिकार हुनाले संस्था सही अनुरूप अगाडि बढेको बताए ।

निवर्तमान जिल्ला अध्यक्ष लेखनाथ पौडेलले रूपन्देहीका १६ पालिकासँग समन्वय गरी समयको मागलाई सम्बोधन हुने गरी काम कारबाही गरिरहेको बताए। उनले शिक्षकहरु छोटो समयमा संस्था परिवर्तन गर्ने समस्या देखेकाले शैक्षिक सत्र पूरा नहुन्जेलसम्म विद्यालय परिवर्तन गर्न नहुने बताए। उनले निजी विद्यालयलाई अंकुश लगाउँदा पलायन बढ्दो बढ्ने हुनाले सरोकारवाला गम्भीर हुन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले जिल्ला भित्रका संस्थागत विद्यालयहरू एकरूपतामा चल्नुपर्ने बताए। उनले विद्यार्थी एवं अभिभावकको चाहनालाई पूरा गर्ने गरी रूपन्देहीमा विभिन्न श्रेणीका संस्थागत विद्यालयहरू रहेको बताए।

पूर्व जिल्ला अध्यक्ष यज्ञमूर्ति पाण्डेले सरकारको नियम अनुसार सामुदायिक विद्यालयहरूले निःशुल्क पठनपाठन गर्नुपर्नेमा विकृति देखिएको बताए। उनले नगर प्रमुखले संस्थागत विद्यालयहरुलाई शुल्क निर्धारण गर्नेदेखि सञ्चालनका अन्य क्षेत्रमा समन्वयकारी भूमिका खेलेकोमा कृतज्ञता व्यक्त गरे।

अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले शिक्षालाई गुणस्तरीय बनाउन अभिभावक ,विद्यार्थी, विद्यालय र सरोकारवालाको समन्वयकारी भूमिका हुनुपर्ने औल्याए ।

संस्थाका कोषाध्यक्ष बाबुराम पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा केन्द्रीय ,प्रदेश ,जिल्ला र नगरस्तरका संस्थागत विद्यालयहरूका पदाधिकारीहरूको सहभागिता थियो भने कार्यक्रमको को सञ्चालन संस्थाका सचिव रामकृष्ण खनालले गरेका थिए।

विभिन्न विधागत क्षेत्रमा विद्यालय, शिक्षक र विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको कार्यक्रममा संस्थाका सदस्य ताेयाराम पौडेलले स्वागत मन्तव्य राखेका थिए।

अधिवेशनले पुनः मित्रहरी आचार्यको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा रामकृष्ण खनाल, सचिवमा भुवन अधिकारी ,कोषाध्यक्षमा तोयाराम पौडेल साथै सदस्यहरूमा टंकप्रसाद रेग्मी ,प्रितम क्षेत्री र शिवहरी भट्टराई निर्वाचित भएका छन्।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...