मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर
बुटवल
दूरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड वुटवलले ६८ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मेडिटेक हस्पिटल बुटवलको प्राविधिक सहयोगमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शनिबार बुटवलको वडा नम्बर ११ बुद्धनगर मा रहेको सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन भएको हो। उक्त स्वास्थ्य शिविरले सहकारीका सदस्य तथा स्थानीयलाई स्वास्थ्य परीक्षण गर्ने र रोग लुकाउँदा पछि बढी जोखिम हुन्छ भन्ने प्रशिक्षणका गराउनका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
करिब २ हजार महिला मात्र सदस्य रहेको दूरदर्शी महिला तथा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मीनाकुमारी कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीको योजनानै सदस्य लगायत सबै नागरिकलाई आर्थिक रुपमा, सामाजिक रुपमा र स्वास्थ्यको हिसाबले अब्बल बनाउने रहेको हुनाले रा...








