बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ


काठमाडौँ
रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।
नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरिरहेको छ ।
“त्रिशूली–३ ‘ए’को पावरहाउस तथा टनेलमा नेपाली सेनाका आठजनाको फौज रेस्क्यु इक्वीपमेन्ट सामग्रीसहित खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ,” नेपाली सेनाले आइतबार दिउँसो जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्रिशूली–३ ‘बी’मा अडिट–२ बाट फौज छिरी अडिट–१ बाट निस्किएको छ । अडिट–२ टनेलबाट स्काभेटर जान सक्ने गरी बाटो सफा गरिँदै छ ।

“चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले मिनी स्काभेटर र मड पम्पको सहायताले लेदो फाल्ने पावर हाउसको करिब ५०–६० मिटरनजिक पुगेको छ,” नेपाली सेनाले जनाएको छ । स्याफ्रुबेसीमा स्लीङ अपरेसनमार्फत स्काभेटर लगेर टनेल इलाकामा लैजाने कार्य भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ मा विदेशीसहितको टोलीले थर्मल क्यामेरमार्फत टनेलभित्र थप खोजी कार्य गर्ने जनाइएको छ ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...