बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग



काठमाडौँ
पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले अध्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी गराएको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित चिसापानी र ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । काठमाडौँ-धादिङ र कान्ति लोकपथमा यात्रा गर्ने यात्रुहरूले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ । बेनीघाट रोराङ-७ कृष्णभिर र गजुरी-२ चालिसेमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने परेवा भिर र ज्वाङखोलामा एकतर्फी मात्रै बाटो खुलेको छ ।
यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा (साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म) १० टनसम्मका मालबाहक सवारीलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया-५ खाल्टेमा बाढीका कारण त्रिशूली मैलुङ-स्याफ्रुबेशी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नुवाकोटको टोखा-छहरे सडकखण्डमा पनि सम्भावित बाढी र पहिरोका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ । यस्तै, कर्णाली प्रदेशको मुगु-गमगढी सडकखण्ड र कालीकोटको कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र वर्षा भइरहेको समयमा पहिरो जान सक्ने जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...