बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग



काठमाडौँ
पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले अध्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी गराएको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित चिसापानी र ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । काठमाडौँ-धादिङ र कान्ति लोकपथमा यात्रा गर्ने यात्रुहरूले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ । बेनीघाट रोराङ-७ कृष्णभिर र गजुरी-२ चालिसेमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने परेवा भिर र ज्वाङखोलामा एकतर्फी मात्रै बाटो खुलेको छ ।
यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा (साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म) १० टनसम्मका मालबाहक सवारीलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया-५ खाल्टेमा बाढीका कारण त्रिशूली मैलुङ-स्याफ्रुबेशी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नुवाकोटको टोखा-छहरे सडकखण्डमा पनि सम्भावित बाढी र पहिरोका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ । यस्तै, कर्णाली प्रदेशको मुगु-गमगढी सडकखण्ड र कालीकोटको कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र वर्षा भइरहेको समयमा पहिरो जान सक्ने जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...