बुटवल ८ को तीज मिलन, एकताको सन्देश


बुटवल
हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा बुटवल उपमहानगरपालिका वार्ड नम्वर ८ ले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।
मङ्गलबार वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा वडाका टोल विकास संस्था ,आमा समूह ,स्वयंसेविका, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता ,पत्रकार ,सामाजिक संघसंस्था एवं समाजमा योगदान गरेका व्यक्तिहरु को जमघट रहेको थियो ।महिला दिदीबहिनी नाचगानमा रमाएका थिए।

आपसमा भातृत्व ,एकतासँगै संस्कृति उजागर गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए ।पंगेनीले वडाका सामाजिक संघ-संस्था, आमा समूह, टोल विकास संस्था ,राजनीतिक दलका नेता तथा कार्यकर्ता, पत्रकार एवं समाजमा योगदान गरेका व्यक्तिहरूबीच पारस्पारिक एकता र मनोरञ्जन लिएको देख्दा खुसी लागेको बताए।
साेहि वडाबासी समाजसेवी माया गौतमले वडाले वडाका टोल विकास संस्था ,आमा समूह ,स्वयंसेविका ,पत्रकार ,विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता ,सामाजिक संघ-संस्था एवं समाजमा योगदान गरेका व्यक्तिहरू एकै ठाउँमा जमघट गराई संस्कृतिकाे जगेर्ना ,एकता र मनोरञ्जनको अवसर दिएकोमा खुसी लागेको बताउँदै हरेक वर्ष गर्नुपर्ने धारणा रहेको बताइन्।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...