बुटवल ८ को तीज मिलन, एकताको सन्देश


बुटवल
हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा बुटवल उपमहानगरपालिका वार्ड नम्वर ८ ले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।
मङ्गलबार वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा वडाका टोल विकास संस्था ,आमा समूह ,स्वयंसेविका, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता ,पत्रकार ,सामाजिक संघसंस्था एवं समाजमा योगदान गरेका व्यक्तिहरु को जमघट रहेको थियो ।महिला दिदीबहिनी नाचगानमा रमाएका थिए।

आपसमा भातृत्व ,एकतासँगै संस्कृति उजागर गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए ।पंगेनीले वडाका सामाजिक संघ-संस्था, आमा समूह, टोल विकास संस्था ,राजनीतिक दलका नेता तथा कार्यकर्ता, पत्रकार एवं समाजमा योगदान गरेका व्यक्तिहरूबीच पारस्पारिक एकता र मनोरञ्जन लिएको देख्दा खुसी लागेको बताए।
साेहि वडाबासी समाजसेवी माया गौतमले वडाले वडाका टोल विकास संस्था ,आमा समूह ,स्वयंसेविका ,पत्रकार ,विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता ,सामाजिक संघ-संस्था एवं समाजमा योगदान गरेका व्यक्तिहरू एकै ठाउँमा जमघट गराई संस्कृतिकाे जगेर्ना ,एकता र मनोरञ्जनको अवसर दिएकोमा खुसी लागेको बताउँदै हरेक वर्ष गर्नुपर्ने धारणा रहेको बताइन्।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...