Breaking news 3

अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको जन्मदिनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।अध्यक्ष ज्ञवालीले फजुल खर्चलाई कम गरी मानवीय सेवा र धर्मको लागि सक्रियतापूर्वक आफ्नै खर्चद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। मंगलबार बुटवल रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन्।कार्यक्रममा सम्पर्क समाज को तर्फबाट सल्लाहकार बिन्दु गौतम, पुर्व अध्यक्ष बिर बहादुर क्षेत्री ,उपाध्यक्ष गिरिराज पन्त , हरि गौतम ,रामप्रसाद ज्ञवाली र नेपाल नियमित रक्तदाता संघको तर्फबाट केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी ,महासचिव दीपक अधिकारी, सचिव मञ्जु गिरी ,सदस्य गंगा विश्वकर्मा, तिलोत्तमा शाखाका अध्यक्ष लक्ष्मण पन्त, नेपाल औषधि थोक व्यवसायि सङ्घको तर्फबाट जिल्ला अध्यक्ष कृष्ण जिसी , सचिव मणि तिवारी ,कोषाध्यक्ष महेश पन्थी ,साथै नेपाल आयुर...
रुपन्देहीको ४ उद्योगले तिरे विद्युत महसुल बक्यौताको किस्ता, काटिएको लाइन जोडियो

रुपन्देहीको ४ उद्योगले तिरे विद्युत महसुल बक्यौताको किस्ता, काटिएको लाइन जोडियो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौंडेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् ।भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरुको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैर्या बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी ...
अनलाइन सञ्चारमाध्यमकाे दर्ता तथा नविकरण सूचना विभागबाटै सुचारू

अनलाइन सञ्चारमाध्यमकाे दर्ता तथा नविकरण सूचना विभागबाटै सुचारू

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडाैंसूचना तथा प्रसारण विभागले आइतबार सूचना प्रकाशित गर्दै अब अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनका सम्पूर्ण कार्यहरू विभागबाटै हुने उल्लेख बताएको छ। विभागले अनलाइन सञ्चारमाध्यमहरूको अभिलेख पनि नियमित रूपमा राख्ने र सो अभिलेख प्रेस काउन्सिल नेपाललाई उपलब्ध गराउने जनाएको छ। यसअघि प्रेस काउन्सिलले अभिलेख सूचीकरण र अभिमुखीकरणका नाममा ३ हजार शुल्क लिँदै आएकोमा अब त्यो पनि तिर्न नपर्ने भएको छ। सरकारले २०८२ कात्तिक १३ गते प्रकाशित छापाखाना तथा प्रकाशन (दोस्रो संशोधन) नियमावली, २०८२ मार्फत यो व्यवस्था गरेको हो। सो नियमावली अनुसार सूचना तथा प्रसारण विभागले दर्ता प्रमाणपत्र प्राप्त अनलाइन सञ्चारमाध्यमहरूको अभिलेख राख्नेछ र त्यसको प्रतिवेदन नियमित रूपमा काउन्सिललाई उपलब्ध गराउनेछ। प्रेस काउन्सिल नेपालले पनि आइतबार सूचना जारी गर्दै नयाँ नियमावली कार्यान्वयनमा आएसँगै अब अनल...
गुल्मीमा छोराको कुटपिटबाट बुवाको ज्यान गयो, आमा सख्त घाइते

गुल्मीमा छोराको कुटपिटबाट बुवाको ज्यान गयो, आमा सख्त घाइते

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । शनिबार दिउँसो २३ वर्षीय भोटबहादुर बिकले आफ्ना बुवा र आमामाथि धारिलो हतियारले प्रहार गर्दा बुवाको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।भोटबहादुरले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र ४८ वर्षीया आमा दिलमाया बिकमाथि हसिया र काठको मुंग्रो प्रयोग गरी आक्रमण गरेका थिए । घटनामा धनबहादुर बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।गम्भीर घाइते दिलमाया बिकलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको टोली घटनास्थल पुगेको थियो । त्यस्तै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्याल...
बुटवलको एक होटलमा पुरुषको शंकास्पद मृत्यु

बुटवलको एक होटलमा पुरुषको शंकास्पद मृत्यु

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवलरुपन्देहीको बुटवलस्थित एक होटलमा आज एक पुरुषको शंकास्पद मृत्यु भएको छ ।बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा एक महिलासहित पुगेका बुटवल –६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, होटलमा आज दिउँसो दुई बच्चासहित पुगेका उनीहरूले होटलको दोस्रो र तेस्रो तलामा दुईवटा रुम बुकिङ गरेका थिए ।उनीहरूले कोठामा नै खाजा मगाएर खाएका र क्षेत्री बेहोस भएको भन्दै उनीसँगै गाएकी महिलाले सञ्चालकलाई जानकारी गराएको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा भनेका छन् ।दुई बच्चासहित बुटवल–२ पाखापानीकी ३० वर्षकी सुनार थरकी महिला र ती पुरुष होटलमा बसेको खुलेको रानाले बताए । बाहिरी चोटपटक नभएकाले मृत्युको कारण खुल्न नसकेको उनले बताए । क्षेत्रीलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको...
विश्वकप लिग-२: आज नेपाल र अमेरिका बीच खेल हुँदै

विश्वकप लिग-२: आज नेपाल र अमेरिका बीच खेल हुँदै

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौंआईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुदैछ । आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ ।यस सिरिजमा नेपालले शुरुका दुई खेलमा हार बेहोरेको छ । नेपाल अमेरिकासँगको पहिलो खेल १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै अमेरिकाले भने नेपाल र युएईसँग जित हासिल गरेको छ ।आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म १० पटक आमने सामने भएका छन् । जसमा अमेरिकाले ५ र नेपालले ४ खेल जितेको छ । त्यस्तै एक खेल टाइ भएको थियो ।हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा अमेरिका २२ खेल खेल्दै ३२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी नेपालले भने अहिलेसम्म खेलेका १८ खेलमा...
एकीकृत समाजवादीको माओवादी केन्द्रसँग एकता गर्ने निर्णय

एकीकृत समाजवादीको माओवादी केन्द्रसँग एकता गर्ने निर्णय

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ।बुधबारदेखि सुरु भएको बैठक शुक्रबार सकिएको थियो । अध्यक्ष माधवकुमार नेपालले बैठकमा माओवादी केन्द्र र नेसपासँगको एकताको प्रस्ताव प्रस्तुत गरेका थिए । अध्यक्ष नेपालको प्रस्तावलाई बहुमतले अनुमोदन गरेको हो ।साथै, बैठकले बाँकी गृहकार्य सचिवालयलाई अगाडि बढाउने अधिकार समेत सुम्पेको छ। तर, करिब दर्जनभन्दा बढी नेताहरू एकता प्रक्रियामा सहभागी नहुने भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता निर्णय गरे पनि केही नेताहरूले त्यसमा असहमति जनाएका हुन् । स्रोतका अनुसार एकता प्रक्रियामा सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल एकतामा नजाने बताइसकेका छन्। स्थायी कमिटी सदस्यहरू विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पनि माओ...
पाल्पाको सत्यवतीमा कार्तिक १८ देखि धार्मिक मेला

पाल्पाको सत्यवतीमा कार्तिक १८ देखि धार्मिक मेला

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलपाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती ताल (मन्दीर)मा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पारी मनाइने मेलाका लागि तयारी पूरा भएको छ । यो वर्ष कार्तिक १९ गते परेको पूर्णिमाको अवसर पारी लाग्ने मेलाका लागि सुरक्षा व्यवस्था, भक्तजनहरुलाई पूजाका लागि सहजिकरण, यातायात लगायतका विषयमा तयारी अन्तिम तरणमा पुगेको मन्दिर बिकास समितिले जानकारी दिएको छ ।मेलाको तयारी बारे जानकारी गराउन विहिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष दानबहादुर गाहाले यो वर्ष पनि महाजोग परेको हुँदा भक्तजनको भिड अत्याधिक हुने भएकाले सोही अनुसार व्यवस्थापनमा जुटेको दाबी गरे । गत वर्ष २ लाख भक्तजनले दर्शन गरेको सत्यवती मन्दिरमा यो वर्ष दर्शन गरेको संख्या थप बढ्ने अनुमान गरिएको उनले बताए । कार्तिक महिनाभित्रै शुक्ल पूर्णिमा परेको वर्षलाई महाजोक मानिने र वर माग्दा उत्तम वर्ष मानिने जनविश्वास रहँ...
रूपन्देहीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

रूपन्देहीमा माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवलरुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठालियामा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बुटवलबाट सूर्यपुरातर्फ जाँदै गरेको भित्रीबाटोमा लु १ ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको हो । सो साइकल बुटवल–१६ की पार्वती चौधरीले चलाएकी थिइन् । ठक्करका कारण साइकलमा सवार उनकी छोरी कृति चौधरी (२ वर्ष) गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि आक्रोशित स्थानीयवासीले उक्त माइक्रोबसमा तोडफोड र आगजनी गरेका थिए । घटना जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मुर्गियाबाट खटिएको टोलीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुर्गियाका अनुसार, “प्रहरी टोली घटनास्थल पु...
रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलरुपन्देहीको कन्चन गाउँपालिका-५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको बाँझिको रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो। दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन्। तीमध्ये आचार्यको कात्तिक १२ गते राति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै थापा र बिकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। ...