ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या


काठमाडौं
तीन तोलाको सुनको औठी लुट्न ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ ।

इलाम घर भएका वयोवृद्ध गर्जमान थापाको हत्यामा सुनको औंठी लुट्ने नियत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ललितपुर महानरपालिका-१७ प्रसिद्ध टोल बस्ने गर्जमान २६ पुस दिउँसो २ बजेतिर हराएका थिए । गर्जमान हराएपछि उनका आफन्तले दिउँसोभर टोल वरपर खोजबिन गरे । तर फेला परेनन् ।
गर्जमान फेला नपरेपछि साँझ ७ बजेतिर प्रहरी वृत्त सातदोबाटोमा आफन्तले उजुरी दिए । आफन्तले बेपत्ता गर्जमानको खोजी गरिदिन उजुरी दिएको दुई दिनपछि सातदोबाटो प्रहरीले उनको अवस्था पत्ता लगायो ।
गहुँगोरो वर्णका अन्दाजी ४ फिट अग्ला गर्जमान बेपत्ता हुने बेलामा नर्थफेस लेखेको कालो रङको ज्याकेट र कालै रङको जिन्सको पाइन्ट, कालो रङको जुत्ता र क्रिम रङको टोपी लगाएका थिए ।
आफू बस्ने ठाउँबाट करिब ८०० मिटर उत्तरपूर्वमा पर्ने वृत्त सातदोबाटोबाट वृद्धबारे दुई दिनसम्म केही खबर आएन । तर आज तेस्रो दिन भने हत्या गरेर फालिएको अवस्थामा ती वृद्धको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।
वृद्ध बस्ने ठाउँ नजिकैको एक इनार भित्र सेतो बोराको पोको देखियो । ठूलो, शंकास्पद पोको फेला परेको थियो । प्रहरीले सोमबार इनारबाट उक्त बोराको पोको बाहिर निकालेर हेर्दा २६ पुसमा हराएका वृद्ध गर्जमान रहेको एसएसपी बोगटीले भने ।
बोरामा प्याक गरेर इनारमा शव फालेको भेटिएपछि प्रारम्भिक अनुसन्धानमै ती वृद्धको हत्या भएको देखिएको छ । हत्याको निष्कर्ष निकाल्दै अनुसन्धान गरेको प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पाबिहार घर भएका २३ वर्षीय सदधाम मन्सुर छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको शाखा कार्यालय ललितपुर र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

मन्सुरसँगै युसुफ अन्सारी र मोहमद नोमानलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती वृद्ध मन्सुर काम गर्ने कारखाना नजिकै बस्थे । कारखानामा जाने-आउने भएकाले उनीहरूबीच चिनजान थियो । सधैंजसो २६ पुसमा पनि ती वृद्ध कारखानमा पुगेका थिए । त्यही मौकामा मन्सुरले हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।

हत्यापछि शवको हातखुट्टा बाँधेर बोरामा प्याक गरी इनारमा फालिएको थियो । वृद्धको सुनको औंठीसमेत प्रहरीले बरामद गरेको छ ।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...