ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या


काठमाडौं
तीन तोलाको सुनको औठी लुट्न ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ ।

इलाम घर भएका वयोवृद्ध गर्जमान थापाको हत्यामा सुनको औंठी लुट्ने नियत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ललितपुर महानरपालिका-१७ प्रसिद्ध टोल बस्ने गर्जमान २६ पुस दिउँसो २ बजेतिर हराएका थिए । गर्जमान हराएपछि उनका आफन्तले दिउँसोभर टोल वरपर खोजबिन गरे । तर फेला परेनन् ।
गर्जमान फेला नपरेपछि साँझ ७ बजेतिर प्रहरी वृत्त सातदोबाटोमा आफन्तले उजुरी दिए । आफन्तले बेपत्ता गर्जमानको खोजी गरिदिन उजुरी दिएको दुई दिनपछि सातदोबाटो प्रहरीले उनको अवस्था पत्ता लगायो ।
गहुँगोरो वर्णका अन्दाजी ४ फिट अग्ला गर्जमान बेपत्ता हुने बेलामा नर्थफेस लेखेको कालो रङको ज्याकेट र कालै रङको जिन्सको पाइन्ट, कालो रङको जुत्ता र क्रिम रङको टोपी लगाएका थिए ।
आफू बस्ने ठाउँबाट करिब ८०० मिटर उत्तरपूर्वमा पर्ने वृत्त सातदोबाटोबाट वृद्धबारे दुई दिनसम्म केही खबर आएन । तर आज तेस्रो दिन भने हत्या गरेर फालिएको अवस्थामा ती वृद्धको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।
वृद्ध बस्ने ठाउँ नजिकैको एक इनार भित्र सेतो बोराको पोको देखियो । ठूलो, शंकास्पद पोको फेला परेको थियो । प्रहरीले सोमबार इनारबाट उक्त बोराको पोको बाहिर निकालेर हेर्दा २६ पुसमा हराएका वृद्ध गर्जमान रहेको एसएसपी बोगटीले भने ।
बोरामा प्याक गरेर इनारमा शव फालेको भेटिएपछि प्रारम्भिक अनुसन्धानमै ती वृद्धको हत्या भएको देखिएको छ । हत्याको निष्कर्ष निकाल्दै अनुसन्धान गरेको प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पाबिहार घर भएका २३ वर्षीय सदधाम मन्सुर छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको शाखा कार्यालय ललितपुर र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

मन्सुरसँगै युसुफ अन्सारी र मोहमद नोमानलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती वृद्ध मन्सुर काम गर्ने कारखाना नजिकै बस्थे । कारखानामा जाने-आउने भएकाले उनीहरूबीच चिनजान थियो । सधैंजसो २६ पुसमा पनि ती वृद्ध कारखानमा पुगेका थिए । त्यही मौकामा मन्सुरले हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।

हत्यापछि शवको हातखुट्टा बाँधेर बोरामा प्याक गरी इनारमा फालिएको थियो । वृद्धको सुनको औंठीसमेत प्रहरीले बरामद गरेको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...