समाजवादी युवा जगरण अभियान बुटवलमा :राष्ट्र रक्षाकालागी हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार – बसन्त श्रेष्ठ


विनोद खनाल, बुटवल
नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रमुख अतिथि बसन्त श्रेष्ठ ले नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा परेको बताउँदै त्यसको रक्षाका लागि हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार हुनुपर्ने कडा चेतावनी दिएका छन्। उनले भ्रष्टाचारीहरूको सम्पत्ति छानबिन गरी कारबाही गर्दै सम्पत्ति राष्ट्रियकरण गर्नु आजको ऐतिहासिक आवश्यकता भएको स्पष्ट पारे।
शनिबार बुटवलमा सम्पन्न समाजवादी युवा जागरण सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले राष्ट्रपति समक्ष बुझाइएका मागहरू राज्यसत्ताले बेवास्ता गरे सडक, संसद र सरकार तीनै मोर्चाबाट निर्णायक संघर्ष चर्काइने बताए।
नेकपा (माओवादी) ले पौष ९ गते राष्ट्रपति समक्ष पेस गरेको १३ बुँदे मागपत्र माथि १० दिने अल्टिमेटम दिइएको थियो। अल्टिमेटम पूरा नहुँदा पौष २० गतेदेखि समाजवादी युवाहरूको नेतृत्वमा समाजवादी युवा जागरण अभियान सुरु गरिएको हो। पश्चिमको गड्डाचौकीबाट सुरु भएको अभियान शनिबार बुटवल आइपुगेको छ।
सभामा अभियानका संयोजक प्रेम सी ले वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असन्तोष व्यक्त गर्दै जनतालाई विचार र सिद्धान्तविहीन प्रवृत्तिबाट होसियार हुन आग्रह गरे।
उनले भने, “विचार, सिद्धान्त र वर्गीय दृष्टिकोणबिनै ‘नयाँ पार्टी’ को नारा लगाउने ठग प्रवृत्तिले जनतालाई भ्रममा पारिरहेको छ। यस्ता शक्तिहरू अन्ततः परिवर्तनका बाधक हुन्।”
कार्यक्रममा वक्ताहरूले सर्वपक्षीय सरकार गठन, राज्यको पुनर्संरचना, जेन–जी आन्दोलनका मागहरूको तत्काल सम्बोधन, संविधानको पुनर्लेखन, उच्चस्तरीय शक्तिशाली न्यायालय स्थापना, कालोधन थुपार्नेहरू तथा विदेशी एजेन्ट र दलालहरूमाथि कडा कारबाही जस्ता मागहरू पुनः दोहोर्‍याए।
जेन–जीको भावना र चाहनाविपरीत कठपुतली सरकार गठन गरिएको आरोप लगाउँदै नेताहरूले त्यसलाई खारेज गरी जनताको प्रतिनिधित्व गर्ने सर्वपक्षीय सरकार गठन नगरे संघर्षलाई अझ व्यापक र तीव्र बनाइने चेतावनी दिए।
कार्यक्रमको सञ्चालन नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा दैलेख इञ्चार्ज प्रकाश सी ले गरेका थिए। जनयुद्धकालीन जनकलाकार हिमशिखर र रेसमी का क्रान्तिकारी गीतहरूले सभालाई उर्जाशील बनाएको थियो।
आजकै दिन रुपन्देहीको सैनामैना, बुटवल र देवदहमा जागरण सभा सम्पन्न गरी अभियान टोली नवलपरासी तर्फ अगाडि बढेको छ। नेताहरूले राष्ट्रपति समक्ष बुझाइएका १३ बुँदे मागहरू नसुने कडा आन्दोलन र निर्णायक जनसंघर्षमा जाने अन्तिम चेतावनी दिएका छन्।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...