लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य


बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताउनुभएको छ । भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिराएको घटनाले प्रदेशको व्यावसायिक वातावरण समेत प्रभावित बनेको भन्दै उहाँले यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको ९ औं वार्षिक साधारणसभाको बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले शान्ति सुरक्षा र लगानीको संरक्षण व्यवसायिक वातावरणको आधार भएको बताउनुभयो । ‘नियतवश होटल, क्याटरिङ व्यवसाय, उद्योग तथा पसलहरूमा आगो लगाइयो । यस्तो अपराध गर्नेलाई अविलम्ब कारबाही गर्नैपर्छ’उहाँले भन्नुभयो,‘लगानीको सुरक्षा राज्यको जिम्मेवारी हो । राज्य कमजोर हुन हुँदैन ।’
उहाँका अनुसार राज्यले व्यवसायको संरक्षण गर्न नसके विकास, प्रगति र समृद्धि सम्भव हुँदैन । संघीय सरकारले उद्योग–व्यवसायीमाथि विद्युत् काटेर समस्या पारेको प्रसंग स्मरण गर्दै त्यसबेला लुम्बिनी प्रदेश सरकारले संवादमार्फत समाधान खोज्नुपर्ने अडानले नै समस्या हटाउन मद्दत पुगेको बताउनुभयो ।‘प्रधानमन्त्रीलाई भेटेर दृढतापूर्वक कुरा राख्यौं र समाधान निकाल्न सफल भयौं’उहाँले भन्नुभयो,‘व्यवसायीका पक्षमा प्रदेश सरकार सधैं दृढतापूर्वक उभिन्छ ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण होटल व्यवसायमा ठूलो लगानी भए पनि नियमित उडान सञ्चालन नहुँदा व्यवसाय प्रभावित भएको उल्लेख गर्दै उहाँले यसका लागि प्रदेश सरकारले संघीय सरकारसँग निरन्तर माग राख्दै आएको जानकारी दिनुभयो ।‘विमानस्थलमा नियमित उडान हुनुपर्छ भनेर लगातार आवाज उठाइरहेका छौं’उहाँले भन्नुभयो,‘यो विमानस्थल प्रदेशको समृद्धिको आधार बन्न जरुरी छ । यसकालागि पहल जारी राखेका छौं ।’ यस्तै क्याटरिङ व्यवसायको प्रवद्र्धनका लागि आवश्यक वातावरण तयार पार्ने, राजस्वसम्बन्धी बिषयमा संघीय सरकारसँग समन्वय गर्ने र व्यवसायीका पक्षमा खुलेर बोल्ने स्पष्ट पार्नुभयो ।‘संघीय सरकारसँग पहल गर्न कहिल्यै कञ्जुस्याइँ हुनेछैन’उहाँले भन्नुभयो ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...