विप्लप नेतृत्व नेकपा माओवादीको जागरण अभियान रुपन्देहीमा,कार्की नेतृत्वको सरकार भङ्ग गरेर सर्वपक्षीय सरकार गठन सहितका मुद्दा उठान


बुटवल
नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को मेची-महाकाली समाजवादी जागरण अभियान रुपन्देही आइपुगेको छ । अभियान अन्तरगत माओजादीले शनिबार रुपन्देहीका ३ ठाउँमा जागरणसभा आयोजना गर्न लागेको अभियानका संयोजक प्रेम दर्नालले जानकारी दिए ।

देशका विभिन्न तीन ठाउँबाट एकसाथ सुरु गरिएको जागरण अभियान अन्तरगत पश्चिमको कञ्चनपुरबाट सुरु भएको जागरण यात्रा रशनिबार रुपन्देही आइपुगेको संयोजक दर्नालले जानकारी दिए । रुपन्देहीको सैनामैना, बुटवल र देवदहमा आज एकै दिन ३ वटा सभाको आयोजना गरिने उनले बताए । अभियान बारे जानकारी गराउन शनिबार बिहान बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको वर्तमान सरकार भङ्ग गरेर सर्वपक्षीय सरकार गठन गर्नु पर्ने मागसहितका १३ वटा मुद्दालाई उठाउँदै आएको बताए । मुलुकमा वैदेशिक हस्तक्षपको खतरनाक खेलहरु भैरहेको बताउँदै उनले जेनजीहरुको माग वर्तमान सरकारले पूरा गर्न नसक्ने दाबी गरे ।
“भदौं २३ र २४ गतेको जेनजी आन्दोलनपछि सरकारमा न त जेनजीहरु जान पाए, न त उनीहरुको मागनै पूरा भएको छ ।”-दर्नालले भने, वर्तमान सरकारले निकास दिन सक्दैन । यसैगरी उनले जेनजी आन्दोलनमा तत्कालिन सरकारबाट भएको दमन र हत्याको सत्यतथ्य छानबिनका लागि एक उच्चस्तरीय बलियो छानविन आयोग गठन गर्नुपर्नेमा जोड दिए । पार्टीका एजेण्डाहरु बारे जनतालाई जानकारी गराउने उद्देश्यले माओवादीले पश्चिमदेखि हेटौडासम्म, मध्यपश्चिमको पर्सादेखि सुरु भई सन्धुली र पूर्वको पर्सादेखि सुरु भई सुनसरीमा आएर समापन गर्नेगरी यही पौष २० गतेदेखि जागरण अभियान सुरु गरेको जानकारी गराए । अभियानलाई पौष ३० गते समापन गरिने उनले बताए ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...