भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्यः मुख्यमन्त्री आचार्य


बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाईलाई अवलम्बन गर्न आवश्यक भएको बताउनुभएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनात्मक कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विपद् पूर्व सूचना गरेर नआउने भएकाले पूर्व तयारी र सतर्कता सधैं चुस्त राखिनु पर्नेमा जोड दिनुभयो ।
‘यसलाई सिकाइको रूपमा लिन जरुरी छ । भावी दिनमा हुन सक्ने भूकम्पीय क्षति कम गर्न, भूकम्पबाट कसरी बच्ने र बचाउने भन्ने ज्ञान आत्मसात गर्न आवश्यक छ,’उहाँले भन्नुभयो ।‘हामीले विगतमा धेरै क्षति बेहोरेका छौं । भावी दिनमा क्षति दोहोरो नहोस् भन्ने उद्देश्यले सरकार सधैं पूर्व सतर्कता र तयारीमा संवेदनशील रूपमा काम गरिरहेको छ ।’ उहाँले आर्जित ज्ञानलाई सतर्कता र तयारीको काममा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरूले गरेको खोज तथा अनुसन्धानको उहाँले प्रशंसा पनि गर्नुभयो ।
विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका करिब ३५ वटा विद्यालयका ४ हजार विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ । नास्टका प्रविधि संकाय प्रमुख डा. सुरेशकुमार ढुंगेलले नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले विद्यालय तहदेखि नै वैज्ञानिक जानकारी र व्यवहारिक तयारी आवश्यक हुने बताउनुभयो । यसको लागि यस्ता प्रदर्शनात्मक कार्यक्रम अत्यन्त उपयोगी हुने उहाँको भनाइ छ । भूकम्पीय जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस्ता प्रशिक्षणले विद्यार्थी तथा शिक्षकलाई वैज्ञानिक आधारमा बुझ्ने क्षमता विकास गर्ने र आपतकालीन अवस्थामा सही निर्णय लिन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
न्यू होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई जीवन उपयोगी ज्ञान सिक्ने स्थल भएकाले नास्टसँगको सहकार्यले विद्यार्थीहरूमा भूकम्पीय सचेतना र व्यवहारिक सीप विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो ।
वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले भूकम्प पूर्वतयारी र सही सूचना नै क्षति न्यूनीकरणको मूल आधार रहेको बताउनुभयो । भूकम्प कहिले आउँछ भन्ने थाहा नपाए पनि आउँदा कसरी सुरक्षित रहने भन्ने ज्ञान सिकाउन आवश्यक भएको उहाँको भनाइ छ । भूकम्पविद डा. शिव सुवेदीका अनुसार कार्यक्रममा भूकम्पको उत्पत्ति, प्लेट टेक्टोनिक्स, नेपालमा देखिने भूकम्पीय प्रवृत्ति, सुरक्षित संरचना निर्माण तथा व्यक्तिगत सुरक्षाका उपायहरू प्रदर्शनात्मक रूपमा प्रस्तुत गरिनेछ ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...