भूकम्प जोखिम न्यूनीकरणलाई निरन्तर प्राथमिकतामा राखिएको छः मुख्यमन्त्री आचार्य


दाङ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले भूकम्प जस्तो प्राकृतिक विपद् कहिले, कहाँ र कसरी आउने हो भन्ने निश्चित नभएकाले यसको जोखिम सदैव रहने र त्यसका लागि तयारी चुस्त र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले जोखिमयुक्त क्षेत्रहरूको पहिचान, सुरक्षित संरचना निर्माण, भवन कोडको कार्यान्वयन तथा विद्यालय र समुदायस्तरमा सञ्चालन भइरहेका सचेतना तथा तयारी सम्बन्धी कार्यक्रमहरूले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
‘नेपालले विगतमा ठूलो मानवीय र भौतिक क्षति बेहोरेका विनाशकारी भूकम्पहरूबाट धेरै कुरा सिकेको छ । ती अनुभव र कमजोरीलाई नदोहोरीने गरी सिकाइको रूपमा उपयोग गर्दै सुरक्षित संरचना, द्रुत प्रतिक्रिया क्षमता र समुदाय–व्यापी तयारीलाई मजबुत बनाउनु हाम्रो सामूहिक दायित्व हो,’सन्देशमा भनिएको छ‘नागरिक परिचालन र जनसचेतनालाई विस्तार गर्दै प्रत्येक घर, विद्यालय, कार्यालय र समुदायलाई भूकम्पपूर्व तयारी, भूकम्पका बेला अपनाउने उपाय तथा भूकम्पपछि हुने व्यवस्थापनका बारेमा सुसूचित बनाउनु आजको आवश्यकता हो ।’
विद्यालयस्तरदेखि समुदायस्तरसम्म सक्रिय सबै सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, प्राविधिक, स्वयंसेवी युवा, सञ्चारकर्मी र स्थानीय तहमा क्रियाशील समूहलाई धन्यवाद दिँदै मुख्यमन्त्री आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा वैज्ञानिक सोच, प्रभावकारी समन्वय र दिगो कार्ययोजनामार्फत अझ सबल भूमिकामा अघि बढ्न सरकार प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...