नेपाल टेलिकम र ओमसतिया गाउँपालिका बिच सेवा विस्तार संगै व्यापार प्रवर्द्धन सम्झौता


रुपन्देही

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा रूपन्देही र ओमसतिया गाउँपालिका बिच सेवा विस्तार संगै व्यापार प्रवर्द्धन सम्वन्धि सम्झौता सम्पन्न भएको छ।
सोमबार सोही गाउँपालिकामा कार्यालय रहेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा र ओमसतिया गाउँपालिका रुपन्देही बिच स्थानीय तहसँग सहकार्य गर्दै दूरसञ्चार सेवा विस्तारलाई थप प्रभावकारी बनाउने विषयम छलफल र सोही अवसरमा दुई पक्षहरु बिच सम्झौता भएको छ ।
सम्झौतामा कम्पनी द्वारा उक्त गाउँपालिकामा तीन चरणमा एफटिटिएच इन्टरनेट सेवा विस्तार गर्ने योजना तथा प्रतिबद्धता रहेको छ भने गाउँ पालिकाले क्रमशः आफ्ना मातहतका संस्थाहरुमा कम्पनीको सेवा जडान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
पहिलो चरणमा गाउँपालिकामा १ जिपिएस क्षमताको इन्टरनेटसेवा जडान गरिनेछ। दोस्रो चरणमा वडा कार्यालय तथा स्वास्थ्य चौकीहरूमा इन्टरनेट सेवा पुर्‍याइने योजना रहेको छ।

संस्थागत भेटघाटमा निर्देशक हरि ढकाल ,प्रबन्धक उपेन्द्र प्रधान लगायत व्यापार शाखा सहितको टोलीको उपस्थिति रहेको भेटघाटमा स्थानीय तहसँग सहकार्य गर्दै दूरसञ्चार सेवा विस्तारलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
त्यसैगरी तेस्रो चरणमा सामुदायिक विद्यालयहरूमा एफटिटिएचसेवा विस्तार गरिने योजना रहेको टेलिकमका प्रशासकीय अधिकृत सीता सुवेदीले जानकारी दिईन्।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...