नेपाल टेलिकम र ओमसतिया गाउँपालिका बिच सेवा विस्तार संगै व्यापार प्रवर्द्धन सम्झौता


रुपन्देही

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा रूपन्देही र ओमसतिया गाउँपालिका बिच सेवा विस्तार संगै व्यापार प्रवर्द्धन सम्वन्धि सम्झौता सम्पन्न भएको छ।
सोमबार सोही गाउँपालिकामा कार्यालय रहेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा र ओमसतिया गाउँपालिका रुपन्देही बिच स्थानीय तहसँग सहकार्य गर्दै दूरसञ्चार सेवा विस्तारलाई थप प्रभावकारी बनाउने विषयम छलफल र सोही अवसरमा दुई पक्षहरु बिच सम्झौता भएको छ ।
सम्झौतामा कम्पनी द्वारा उक्त गाउँपालिकामा तीन चरणमा एफटिटिएच इन्टरनेट सेवा विस्तार गर्ने योजना तथा प्रतिबद्धता रहेको छ भने गाउँ पालिकाले क्रमशः आफ्ना मातहतका संस्थाहरुमा कम्पनीको सेवा जडान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
पहिलो चरणमा गाउँपालिकामा १ जिपिएस क्षमताको इन्टरनेटसेवा जडान गरिनेछ। दोस्रो चरणमा वडा कार्यालय तथा स्वास्थ्य चौकीहरूमा इन्टरनेट सेवा पुर्‍याइने योजना रहेको छ।

संस्थागत भेटघाटमा निर्देशक हरि ढकाल ,प्रबन्धक उपेन्द्र प्रधान लगायत व्यापार शाखा सहितको टोलीको उपस्थिति रहेको भेटघाटमा स्थानीय तहसँग सहकार्य गर्दै दूरसञ्चार सेवा विस्तारलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
त्यसैगरी तेस्रो चरणमा सामुदायिक विद्यालयहरूमा एफटिटिएचसेवा विस्तार गरिने योजना रहेको टेलिकमका प्रशासकीय अधिकृत सीता सुवेदीले जानकारी दिईन्।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...