बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट


बुटवल
बुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी भएको छ ।
रातीको समयमा सचिन किराना पसल र सुपादेउराली पथ स्थित नारायणप्रसाद भुसालको घरमा लुटपाट भएको सतगढी टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र छन्त्यालले बताए ।
किराना पसलबाट नगद नगद १५ हजारसहित विभिन्न जिन्सी साम्रागी चोरी भएको उनले बताए । यस्तै भुसालको घरबाट घरमा भएको खाद्यान्यसहित विभिन्न जिन्सी साम्रगी चोरी भएको अध्यक्ष छन्त्यालले बताए ।
अध्यक्ष छन्त्यालले बुटवल सतगढी टोल विकास संस्था भित्रमा मात्रै दशैँ तिहार भन्दा यता २० भन्दा बढी घरमा चोरी भएको बताए । चोरी गर्ने गिरोह नै सक्रिय भएकाले तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउनका लागि प्रहरी प्रशासन समक्ष आग्रह समेत गरे ।

गयराती चोरी गर्नेहरु सिसिटिभिमा समेत देखिएकाले तत्काल चोरीमा संलग्नलाई पक्राउ गर्न अनुरोध गरे । यस्तै नयाँ गाउँ प्रहरी चौकीका इन्चार्ज रनबहादुर जिसिले चोरीको घटना बढेकाले आफुहरुले सुक्ष्म रुपमा निगरानी बढाएको बताए ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...