बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट


बुटवल
बुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी भएको छ ।
रातीको समयमा सचिन किराना पसल र सुपादेउराली पथ स्थित नारायणप्रसाद भुसालको घरमा लुटपाट भएको सतगढी टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र छन्त्यालले बताए ।
किराना पसलबाट नगद नगद १५ हजारसहित विभिन्न जिन्सी साम्रागी चोरी भएको उनले बताए । यस्तै भुसालको घरबाट घरमा भएको खाद्यान्यसहित विभिन्न जिन्सी साम्रगी चोरी भएको अध्यक्ष छन्त्यालले बताए ।
अध्यक्ष छन्त्यालले बुटवल सतगढी टोल विकास संस्था भित्रमा मात्रै दशैँ तिहार भन्दा यता २० भन्दा बढी घरमा चोरी भएको बताए । चोरी गर्ने गिरोह नै सक्रिय भएकाले तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउनका लागि प्रहरी प्रशासन समक्ष आग्रह समेत गरे ।

गयराती चोरी गर्नेहरु सिसिटिभिमा समेत देखिएकाले तत्काल चोरीमा संलग्नलाई पक्राउ गर्न अनुरोध गरे । यस्तै नयाँ गाउँ प्रहरी चौकीका इन्चार्ज रनबहादुर जिसिले चोरीको घटना बढेकाले आफुहरुले सुक्ष्म रुपमा निगरानी बढाएको बताए ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...