बुटवल मेलामा नेपालकै पहिलो अभ्यास : अग्नी सुरक्षासहित विपद प्रतिकार्य तैनाथ
बुटवल
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा यही पौष ३ गतेदेखि जारी औद्योगिक व्यापार मेलामा यस क्षेत्रमै पहिलो पटक अग्नी सुरक्षा व्यवस्थाको प्रयोग गरिएको छ । मेलास्थलमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण, रोकथाम, उद्धार तथा सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनका लागि अग्नी सुरक्षा प्रविधि तथा उपकरणहरु राखिएको छ ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मेलामा सम्भवतः नेपालमै पहिलो अभ्यासको रुपमा अग्नी नियन्त्रणका सामग्री तथा सुरक्षा व्यवस्था गरिएको आयोजकको दाबी छ । बुटवल उद्योग वाणीज्य संघका कार्यसमिति सदस्य तथा मेलामा स्वागतद्वार, स्टेज तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक कृष्ण पाण्डे दर्शकको हरेक सुरक्षा ख्यालमा राखी नयाँ अभ्यासको सुरुवात गरिएको जानकारी दिए । विकसित मुलुकका मेला महोत्सव वा भिडभाड हुने स्थानह...








