लुम्बिनी प्रदेशको बजेट खर्चमा पुरानै शैली


बुटवल

चालु आर्थिक वर्षको ६ महिना बितिसकेको छ । तर लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को यो अवधिमा पुँजीगत बजेट जम्मा साढे १० प्रतिशत मात्र खर्च गरेको छ । सरकारको खर्च रकम विकासको लागि चिन्ताजनक नै छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा प्रदेश सरकारले समग्रमा १३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । शतप्रतिशत बजेट खर्च गर्नका लागि प्रदेश सरकारले अबको ६ महिनामा झन्डै ८७ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ । यस्तो अवस्थाले यो पटक शतप्रतिशत बजेट खर्च नहुने देखिएको छ । संघीय सरकारले पटक–पटक बजेट समयमै खर्च गर्न आग्रह गरे पनि त्यसको व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयले वेवसाइडमा राखेको प्रतिवेदनमा मंसिर मसान्तसम्म जम्मा बजेट खर्च १३ प्रतिशत भएको उल्लेख गरिएको छ । मंसिर मसान्तसम्ममा चालुतर्फ १९।४८ प्रतिशत र पुँजीगततर्फ साढे १० प्रतिशत खर्च भएको छ ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड बजेट ल्याएको थियो । जसमा अहिलेसम्म ५ अर्ब ३९ करोड ६८ लाख ६४ हजार ९०३ रुपियाँ खर्च भएको छ । जुन खर्च १३.८५ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । बजेट भएर पनि खर्च गर्न नसक्ने परिपाटी केन्द्रदेखि स्थानीय तहसम्म बढेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको खर्चको विवरण अनुसार पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा मंसिर मसान्तसम्म २ अर्ब ५९ करोड ४३ लाख ९२ हजार ७ सय ६५ रूपियाँ खर्च भएको छ । जुन पुँजीगत बजेटको साढे १० प्रतिशत हो ।

चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा मंसिर समान्तसम्म २ अर्ब ८० करोड २४ लाख ७२ हजार रूपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन खर्च १३.८५ प्रतिशत हो । यसले आर्थिक वर्षको अन्त्यमा गएर विकास बजेट खर्च गर्ने प्रवृत्ति कायमै रहेको देखाउँछ । यसलाई रोक्ने प्रयास थाले पनि सार्थकता भने पाउन सकेको छैन ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालय रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको पुँजीगत खर्च अहिलेसम्म शून्य छ भने सबैभन्दा धेरै खर्च गर्नेमा स्वास्थ्य मन्त्रालय छ । उक्त मन्त्रालयले पुँजीगततर्फ पाँच महिनाको अवधिमा २७ दशमलव ३८ प्रतिशत बजेट खर्च गरेको छ ।

मंसिर मसान्तसम्म उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगत खर्च एक दशमलव ६६ प्रतिशत छ । यस्तै, सामाजिक विकास मन्त्रालयको एक दशमलव ७८ प्रतिशत, वन तथा वातावरण मन्त्रालयको दुई दशमलव ८६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दुई दशमलव ९२ प्रतिशत पुँजीगत खर्च छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयको १९ प्रतिशत बजेट खर्च भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पुँजीगत खर्च पाँच महिनामा नौ दशमलव ४६ प्रतिशत छ भने खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको १२ दशमलव ५७ प्रतिशत छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले १४ दशमलव ५५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च आठ दशमलव ६२ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...