भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन


भारतका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको निधन भएको छ। लामो समयदेखि बिरामी परेका उनको राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) अस्पतालमा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

उनलाई बिहीबार साँझ स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए।

भारतलाई आर्थिक उदारीकरणमा लैजान महत्त्वपूर्ण भूमिका खेलेका सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६ मा भएको थियो। उनी अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा जन्मिएका थिए।

एक साधारण किसान परिवारमा जन्मिएका सिंहले अर्थशास्त्र र राजनीतिमा ठूलो उपलब्धि हासिले गरे। उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका थिए।

उनले नै सन् १९९१ मा भारतीय अर्थतन्त्रलाई उदारीकरणको बाटोमा लगेका हुन्।भारतीय सञ्चारमाध्यमका अनुसार सरकारमा सिंहको प्रवेश सन् १९७१ मा वाणिज्य मन्त्रालयको आर्थिक सल्लाहकारका रूपमा भएको थियो। सन् १९७२ मा उनी अर्थ मन्त्रालयको मुख्य आर्थिक सल्लाहकार नियुक्त भए।

त्यसपछि उनले अर्थ मन्त्रालयका सचिव, योजना आयोगका उपाध्यक्ष, भारतीय रिजर्भ बैंकका गभर्नर, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार र विश्वविद्यालय अनुदान आयोगको अध्यक्षका रूपमा काम गरे।

उनी सन् १९९१ देखि १९९६ सम्म भारतका अर्थमन्त्री थिए। त्यही क्रममा उनले आर्थिक सुधार कार्यक्रम लागू गरेर भारतलाई तत्कालीन आर्थिक संकटबाट बाहिर ल्याए। भारतले अहिले गरेको आर्थिक प्रगतिको श्रेय मनमोहन सिंहको त्यही आर्थिक सुधार कार्यक्रमलाई दिने गरिन्छ।

उनी सन् १९९१ मा पहिलोपल्ट राज्यसभा सदस्य बने। सन् १९९८ देखि २००४ सम्म भारतीय जनता पार्टी सत्तामा हुँदा उनी राज्यसभाका विपक्ष नेता थिए। उनले सन् १९९९ मा दिल्लीबाट लोकसभा चुनाव लडेका थिए। तर चुनाव जितेनन्।

उनी सन् २००४ को आमनिर्वाचनपछि भारतको प्रधानमन्त्री नियुक्त भए। त्यसपछि २००९ मा उनी दोस्रोपटक प्रधानमन्त्री बने र २०१४ सम्म पदमा रहे। सिंहलाई सन् १९८७ मा पद्म विभूषणबाट सम्मान गरिएको थियो।

छुटाउनुभयो कि ?

साउन १५ अर्थात् खीर खाने दिन

साउन १५ अर्थात् खीर खाने दिन

बुटवल आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने परम्पर...
पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

काठमाडौंविश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक...
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

काठमाडौँराष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्ब...
देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

काठमाडौँसुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ ।...