बुटवल मेलामा नेपालकै पहिलो अभ्यास : अग्नी सुरक्षासहित विपद प्रतिकार्य तैनाथ


बुटवल

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा यही पौष ३ गतेदेखि जारी औद्योगिक व्यापार मेलामा यस क्षेत्रमै पहिलो पटक अग्नी सुरक्षा व्यवस्थाको प्रयोग गरिएको छ । मेलास्थलमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण, रोकथाम, उद्धार तथा सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनका लागि अग्नी सुरक्षा प्रविधि तथा उपकरणहरु राखिएको छ । 

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मेलामा सम्भवतः नेपालमै पहिलो अभ्यासको रुपमा अग्नी नियन्त्रणका सामग्री तथा सुरक्षा व्यवस्था गरिएको आयोजकको दाबी छ । बुटवल उद्योग वाणीज्य संघका कार्यसमिति सदस्य तथा मेलामा स्वागतद्वार, स्टेज तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक कृष्ण पाण्डे दर्शकको हरेक सुरक्षा ख्यालमा राखी नयाँ अभ्यासको सुरुवात गरिएको जानकारी दिए । विकसित मुलुकका मेला महोत्सव वा भिडभाड हुने स्थानहरुमा अग्नी तथा विपदसँग सम्बन्धि सुरक्षाको पूर्वतयारी अनिवार्य भए पनि नेपालमा भने यस्ता कुराहरुलाई ध्यान नदिने गरिएको बताउँदै पाण्डेले बुटवलबाट नयाँ अभ्यासको थालनी गरिएको जानकारी गराए । 

बुटवलको फिस्टेल सेफ्टी सोलुशनसँग सम्झौता गरेर मेलास्थलका विभिन्न १८ स्थानमा फायर फाइटिङ सामग्री, २ ठाउँमा फायर फाइटिङ तथा विपदमा उद्धारका सामग्री राखिएको संयोजक पाण्डेले जानकारी दिए । अग्नी सुरक्षा तथा विपदमा उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु इलेक्ट्रिक तथा हाते साइरन, माइकदेखि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको उनले जानकारी दिए । मेला अवधिभरका लागि निःशुल्क रुपमा विपद तथा उद्धार सामग्री उपलब्ध गराएका सेफ्टी सोलुशनका सञ्चालक प्रदिप आचार्यले यो अभ्यासलाई नेपालका हरेक मेला महोत्सव वा सार्वजनिक स्थलहरुमा गर्नुपर्नेमा जोड दिए । विपद आउनुभन्दा पहिले नै पूर्व तयारी गर्न सकेमा सम्भावित दुर्घटनामा ठूलो क्षतिलाई रोक्न सकिने बताउँदै उनले आम जनता तथा विपद सुरक्षा बारे जानकारी गराउने उद्देश्यले पनि मेलास्थलमा आफूहरुले सहयोग गर्न तयार रहेका बताए । बुटवलको होराइजन चोकमा शो-रुम सञ्चालन गरी विपद प्रतिकार्यका सामग्रीहरु बिक्री गर्दै आएको फिस्टेल सेफ्टी सोलुशनले अन्य संघ–संस्थाहरुसँग पनि यसको सचेतनाका लागि सहकार्य गर्न तयार रहेको सञ्चालक आचार्यले बताए ।  

मेलास्थलमा विभिन्न ५ प्रकारका फरक-फरक पेभेलिएनसँगै रहेका ५ सय बढी स्टलको सुरक्षाका लागि सिसिटिभी क्यामेराबाट २४ सै घण्टा निगरानी राखेर सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको सुरक्षा व्यवस्था उपसमितिका संयोजक पाण्डे बताउँछन् । निजी कम्पनीसँग सम्झौता गरी प्रत्येक ठाउँमा सुरक्षाकर्मी राख्नुका साथै सरकारी निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग आवश्यक समन्वय गरी सहयोगका लागि तैनाथी अवस्थामा राखिएको उनले जानकारी दिए । यसैगरी मेलास्थलमा कुनै दुर्घटना भइहालेमा प्राथमिक उपचार उपलब्ध गराउन हेल्थ डेस्क, आन्तरिक सञ्चारका लागि सञ्चार डेस्क लगायतका व्यवस्थाहरु गरिएको पाण्डेले जानकारी दिए । 

मेलास्थललाई सरसफाईका हिसाबले समेत विगतभन्दा फरक अभ्यास गरिएको बताउँदै उनले ठाउँ–ठाउँमा डस्विनको व्यवस्था गरी ‘जिरो डस्ट’को अवधारणा अन्तरगत कार्पेट लगाइएको जानकारी दिए । अन्य भेलाभन्दा दर्शकका लागि आउ–जाउ गर्ने बाटो समेत फराकिलो बनाउनुका साथै डोरी लगाएर सबै स्टलमा पुग्न बाध्य पारिने विगतको अभ्यासलाई परिवर्तन गरी खुला छाडिएको पाण्डेले बताए । दर्शकले आफ्नो चाहना अनुसारका पेभेलिएन तथा स्टलहरुको अवलोकनका साथै किनमेल गर्न सहज हुनेगरी व्यवस्था मिलाइएको उनले बताए । 

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...