पाकिस्तानले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु


काठमाडौं

पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ । तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो ।

तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका रहेको बताएका छन् ।

बरमल जिल्ला दक्षिण बजिरिस्तानको वाना र रजमक क्षेत्र नजिक पर्दछ । तालिबान अधिकारीहरुका अनुसार वजिरिस्तानाका शरणार्थीहरुलाई निशाना बनाइएको छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहितले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार पकतिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको थियो । आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको बताइएको छ ।

तालिबान सरकारको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ र उजित जवाफ दिने चेतावनी दिएको छ । उसले भनेको छ, ‘पाकिस्तानी सेनाले बजिरिस्तानका शरणार्थीहरुमाथि अन्तराष्ट्रिय नियमको उल्लंघन गरेर बर्बर आक्रमण गरेको छ । यस क्रूर आक्रमणको जवाफ दिइने छ ।’

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...